back

मेगा क्यापिटलद्धारा ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजना सार्वजनीक

काठमाडौँ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले सेयर लगानीकर्ताहरुका लागि ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजना सार्वजनिक गरेको छ।
योजनामा सहभागी लगानीकर्ताहरुलाई वार्षिक ९.७५ प्रतिशत रिटर्न दिने गरि योजना सार्वजनीक गरेको क्यापिटलले जनाएको छ ।

‘बजार बढे पनि वा घटे पनि लगानीकर्ता निश्चित रुपमा ९.७५ प्रतिशत रिटर्न पाउनेछन्’, क्यापिटलका मार्केटिङ डेड गिरिराज पोखरेलले भने।

पोखरेलका अनुसार यस योजनामा न्यूनतम ३ लाख रुपैयाँदेखि सहभागी हुन सकिनेछ। ‘लगानीकर्ताले सेयर वा नगद नै दिएर यो योजनामा सहभागी हुन सक्नेछन्’, उनले भने, ‘लगानीकर्ताहरुले न्यूनतम ३ महिनादेखि १ वर्षसम्म हामीसँग सहकार्य गर्नुपर्नेछ।’

बजार घट्दा वा बढ्दा लगानीकर्ताहरुले निश्चित रुपमा ९.७५ प्रतिशत प्रतिफल पाउने र रिस्क पनि नहुने यस योजनाको मुख्य विशेषता रहेको पोखरेल बताउँछन्। ‘यो योजनामा सहभागी भएपछि लगानीकर्ता आफ्नो पोर्टफोलियो व्यवस्थापनको तनावमा पनि लिनुपर्ने छैन’, उनले भने, ‘यदि लगानीकर्ताहरुले आग्रह गरेमा हामीले उनीहरुको आईपीओमा पनि भरिदिने छौँ। जसका कारण आईपीओ भर्नबाट छुट्यो भन्ने टेन्सन पनि हुने छैन।’

पोखरेलका अनुसार यही कात्तिक मसान्तसम्म यस योजनामा सहभागी हुनेहरुले मात्र निश्चित रुपमा ९.७५ प्रतिफल पाउनेछन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...