back

आँखुखोला जलविद्युतको हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आज साउन २७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँबराबरको १ः१.५ अनुपातमा रु.१०० अंकित दरका १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरेको थियो। यसर्थ असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

 


पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:०१

काठमाडौं । पियोर इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण सेयर बाँडफाँट भएको...

बिहीबार सुनचाँदीको भाउ बढ्यो

बिहीबार सुनचाँदीको भाउ बढ्यो

वि.सं.२०८२ वैशाख ११ बिहीवार ११:०७

काठमाडौं । बुधबार एकैदिन ७५ सयले घटेको सुनको भाउ बिहीबार...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय...

सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने छ : मन्त्री यादव

सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने छ : मन्त्री यादव

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१३

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा...

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका...

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३७

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला...