back
himalayan life

४३ वटा म्युचुअल फन्डको वित्तीय रिपोर्ट सार्वजनिक: सेयर बजारमा लगानी घट्यो, कसले कति कमाए ?

तीन फन्डले मात्रै बढाए सेयर बजारमा लगानी, ११.३४ प्रतिशत घट्यो

काठमाडौं । म्युचुअल फन्डहरुको लागि भदौ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ ।फन्डहरुको नाफा, प्रतिइकाई खुद सम्पत्ति र लगानीमामा कमी आएको छ । हाल ४३ वटा फन्डहरु संचालनमा छन् । ती फन्डहरुले प्रकाशन गरेको भदौ महिनाको वित्तीय विवरणअनुसार खुद सम्पत्ति र नाफामा गिरावट आएको छ ।

कसले कति कमाए ?

गत साउनको तुलनामा फन्डहरुको नाफामा ५९.१७ प्रतिशत गिरावट आएको छ । गत साउन महिनामा फन्डहरुले ९ अर्ब ६१ करोड ३० लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तर, भदौमा भने फन्डहरुको नाफा ३ अर्ब ९२ करोड ४६ लाख २८ हजार रुपैयाँ कायम भएको छ । गत साउनको तुलनामा पनि सबै फन्डहरुको नाफामा गिरावट आएको छ । तीन वटा फन्डहरु नोक्सानीमा देखिएका छन् । भदौमा एनआइबिएल समृद्धि फन्ड–२ १८ करोड ६६ लाख रुपैयाँ, मेगा म्युचुअल फन्ड–१ ३ करोड ४० लाख ८६ हजार र एनआइबिएल म्युचुअल फन्ड ४७ लाख २४ हजार रुपैयाँ घाटामा देखिएका छन् ।

भदौमा सबैभन्दा धेरै नाफा एनएमबि सरल बचत फन्ड–इले २१ करोड ४९ लाख ८६ हजार रुपैयाँ कमाएको छ । दोस्रो सूचीमा रहेको रहेको सिद्धार्थ इक्विटी फन्डले १९ करोड ३८ लाख ९१ हजार र तेस्रो सूचीमा रहेको सानिमा इक्विटी फन्डले १९ करोड २१ लाख ६६ हजार रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, हिमालयन ८०-२० ले १७ करोड ४१ लाख ३२ हजार, प्रभु सेलेक्ट फन्डले १६ करोड ६४ लाख, एनएमबि ५० ले १५ करोड ८८ लाख, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रो १५ करोड ८० लाख, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ ।

खुद सम्पत्ति कसको कति घट्यो ?

भदौमा सबै म्युचुअल फन्डको खुद सम्पत्ति घटेको छ । सो महिनामा औसत खुद सम्पत्ति १.५४ रुपैयाँ घटेको हो । गत साउनमा फन्डहरुको औसत सम्पत्ति १२.९१ रुपैयाँ रहेको थियो । तर, भदौमा भने घटेर ११.३७ रुपैयाँ कायम भएको छ । सो महिनामा एनआइबिएल स्टेबल फन्डको सम्पत्ति मात्रै ९.९८ रुपैयाँ छ । यी बाहेकका फन्डहरुको खुद सम्पत्ति १० रुपैयाँ माथि नै छ ।

गत साउनमा १५.१९ रुपैयाँ रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रोको घटेर १३.५१ रुपैयाँ कायम भएको छ । यस्तै, एनएमबि ५० को १२.९८ रुपैयाँ, प्रभु सेलेक्ट फन्डको १२.९८ रुपैयाँ, प्रभु स्मार्ट फन्डको १२.८४ रुपैयाँ, हिमालयन ८०–२० को १२.८२ रुपैयाँ कायम भएको छ ।

भदौमा २६ वटा फन्डको खुद सम्पत्ति ११ रुपैयाँ भन्दा माथि र १२ रुपैयाँ भन्दा कम छ । ११ वटा फन्डहरुको सम्पत्ति भने १० रुपैयाँ माथि छन् ।

तीन फन्डले मात्रै बढाए सेयर बजारमा लगानी, ११.३४ प्रतिशत घट्यो

भदौमा फन्डहरुले सेयर बजारमा लगानी पनि दोहोरो अंकले घटाएका छन् । साउनमा फन्डहरुले ४३ अर्ब ३० करोड ७८ लाख ६० हजार रुपैयाँ सेयर बजारमा लगानी गरेका थिए । तर, भदौमा भने ११.३४ प्रतिशत घटेर ३८ अर्ब ३९ करोड ५४ लाख ३० हजार रुपैयाँ कायम भएको छ । सेयर बजारमा एनआइबिएल स्टेबल फन्डले ३१.०८ प्रतिशत, प्रभु स्मार्ट फन्डले ५.६४ प्रतिशत र नबिल फेलेक्सी क्याप फन्डले ०.२६ प्रतिशत मात्रै लगानी बढाएका छन् । अन्य सबै फन्डको लगानीमा गिरावट आएको छ । भदौमा पनि सबैभन्दा धरै लगानी एनआइबिएल सहभागिता फन्डको २ अर्ब ५३ करोड २२ लाख ५५ हजार रुपैयाँ रहेको छ । यता, एनएमबि सरल बचत फन्ड इको पनि २ अर्ब १७ करोड २८ लाख १३ हजार रुपैयाँ रहेको छ ।

यस्तै, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रोको १ अर्ब ३८करोड ७१ लाख, सिद्धार्थ इक्विटी फन्डको १ अर्ब ३५ करोड लाख, सनराइज ब्लुचिपको १ अर्ब २४ करोड २ लाख, एनएमबि ५० १ अर्ब २३ करोड ५१ लाख, प्रभु सेलेक्ट फन्डको १ अर्ब २१ करोड ९ लाख, नबिल ब्यालेन्सड् फन्ड ३ को १ अर्ब १६ करोड ३८ लाख, एनआइबिएल समृद्धि फन्ड २ को १ अर्ब १४ करोड ९६ लाख, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को १ अर्ब ६ करोड ७१ लाख, नबिल ब्यालेन्सड फन्ड २ को १ अर्ब ४ करोड १५ लाख, प्रभु स्र्माटको १ अर्ब ४ करोड २ लाख, एनआइबिएल ग्रोथ फन्डको १ अर्ब २ करोड ९६ लाख, मेगा म्युचुअल फन्ड१ को १ अर्ब १ करोड ७७ लाख र आरविवि म्युचुअल फन्ड १ को १ अर्ब १ करोड ३९ लाख रुपैयाँ रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...