back
nactional

दशैंमा रङ्गीबिरङ्गी चङ्गा उडाउने हैन त !

के कुरामा ध्यान दिने त ?

काठमाडौं । आकाश सफा र निलो छ । यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् । दशैँ आयो खाउला पिउला भन्ने त हामी सबैलाई थाहा छ तर, के सव हामीलाई दशैंमा किन चङ्गा उडाइन्छ भन्ने थाहा नहुन सक्छ । दशैं पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरु छन् । अझै केटाकेटीहरुलाई त झनै दशैंको महत्व धेरै हुन्छ । दशैं आएपछि साना केटाकेटीहरु धेरै खुसी हुन्छन्। यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् ।

दसैँमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्य नै त छैन तर, बुढापाकाका अनुसार दसैँमा चङ्गा उडाउने प्रचलन धेरे पुरानो हो । दसैँमा चङ्गा उडाउने प्रचलनको कारणबारे खोतल्दै जाँदा यो धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्ष र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्‍याउन चङ्गा उडाउने प्रचलन सुरु भएको जनविश्वास रहेको छ ।

केटाकेटीहरू नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् । दसैँमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो । शरद ऋतुमा पर्ने दसैँ आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ । चङ्गा उडाउनको लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ । दसैँताका झरी पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ ।

त्यस्तै दसैँमा स्कुल कलेजहरू धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरूलाई पढाई लेखाइको चाप हुँदैन । फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाउँदा उनीहरूको खुसीको सीमा नै हुँदैन ।
दशैंको समयमा काठमाडौंका प्राय घरहरुका कौसीहरुबाट माथि माथि आकाशसम्म पुग्ने गरि चङ्गाहरु उडाइरहेको देख्न सकिन्छ । दशैंको मनमोहक मौसममा रङ्गी बिरङ्गी चङ्गा उडेको देख्दा कसको मन नरमाउला र ?

दशैं लागेसँगै टोलटोलमा समूहसमूहबीच चङ्गाचेट प्रतियोगिता पनि हुने गरेको पाइन्छ ।प्रतियोगीमध्ये जसको चङ्गाले अरुको चङ्गालाई चेट बनाएर अन्तिमसम्म उडिरहन सफल हुन्छ उ नै विजयी हुने गर्छ । तर, चङ्गा उडाउनुलाई एक खेलको रुपमा मात्रै लिनुहुन्न । यो त एक जीवन जिउने कला पनि हो । चङ्गा उडाउने खेलले हामीलाई धेरै कुराहरु सिकाउँछ । चङ्गा उडाउने खेलले हामीलाई मानसिक रुपमा बलियो बनाउँछ र हामीमा महत्वाकांक्षा जगाउँछ । मानिसहरुलाई आकाश छुने लक्ष्य लिन सिकाउँछ र चङ्गाजस्तै उड्ने इच्छा जगाउँछ ।

त्यस्तै, चङ्गा उँडाउदा आफ्नो चङ्गालाई बँचाएर अर्काको चङ्गालाई चेट बनाउनको लागि प्रयास गरिरहनुपर्छ । उसले मानिसलाई अन्तिम समयसम्म हार नमानीकन आफ्नो काममा मात्रै आफ्नो ध्यान केन्दि्रत गर्न सिकाउँछ ।

चङ्गा उडाउने खेल हावाको गतिमा भर पर्छ । चङ्गा राम्रोसँग उडाउनको लागि हावाको गतिसँग सन्तुलन मिलाउन धेरै गाह्रो हुन्छ । हावाले अतिकति दिशा बदल्यो वा हावाको बेग बढ्यो भने हाम्रो चङ्गा भुँईमा खस्न सक्छ । मसिनो धागोमा बाँधिएको ठूलो चङ्गालाई हावाको गतिसँगै सन्तुलित बनाएर आकाशमा माथि माथि उडाँउन साँच्चै नै कठिन हुन्छ र यसले मानिसलाई जिन्दगीको चुनौतीसँग परिचित गराउँछ ।

के कुरामा ध्यान दिने त ?

चङ्गा उडाउन सोखिनहरुले चङ्गा, लट्टाइ र धागो किन्दा ध्यान दिनुपर्छ । बजारमा पाइने धागोहरुलाई बलियो र नचुँड्ने बनाउन मैदाको पिठो, गुँद, पिसेको सिसा मुछेर प्रयोग गरिएको हुन सक्छ ।यस्तो धागोले हात वा घाँटीमा चोट लाग्न सक्ने सम्भावना हुन्छ । त्यसैले यस्तो सीसा प्रयोग भएको धागो बच्चालाई नकिनिदिनुहोस् ।कहिल्यै पनि बार वा रेलिङ नभएको खुल्ला छतमा बसेर चङ्गा नउडाउनुहोस् किनभने चङ्गा उडाउँदा ध्यान चङ्गातिरै हुन्छ र उत्साहित भएर माथि आकाशतिर हेरेर अगाडी पछाडी गर्लै चङ्गा उडाउने क्रममा छतबाट खस्ने वा लड्ने सम्भावना धेरै हुन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२४

काठमाडौं । नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

वि.सं.२०८३ भदौ १ सोमवार ०८:०४

काठमाडौँ। सरकारले आफ्ना व्यवसायीक मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै नेपाल...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२०

काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३१

काठमाडौं । देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने...