back
nactional

अब हरेक महिना वडा वडामा नि:शुल्क स्वास्थ्य शिविरः चिकित्सकको खर्च भाटभटेनीले ब्यहोर्ने

धनगढी। धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा हरेक महिना स्वास्थ्य शिविर गर्नका लागि भाटभटेनी सुपर मार्केटसँग आज (बुधबार) सम्झौता भएको छ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भाटभटेनी सुपर मार्केटका अध्यक्ष कुलबहादुर गुरुङबीच आगामी पाँच वर्षका लागि बुधबार सम्झौता भएको हो।

धनगढी उपमहानगरपालिकाले आफ्ना १९ वटै वडामा महिनाको एक पटक (एक दिन) स्त्रीरोग विषेशज्ञ र फिजिसियन डाक्टरसहित नगरबासीको नि:शुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम ल्याएको हो।

यस कार्यक्रम अन्तर्गत हरेक वडामा ईसिज, अल्ट्रासाउन्ड, प्रयोगशाला र अरु उपचारहरु नि:शुल्क हुने भएको छ।

धनगढी उपमहानगरपालिकाले स्वास्थ्य शिविरको ब्यवस्थापन गरिदिने छ भने भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्म दुई जना विषेशज्ञ चिकित्सकको मासिक तलब र भत्ता उपलब्ध गराउने सम्झौता भएको छ।

स्वास्थ्य शिविरका लागि मेयरले चढने गाडीलाई पोर्टेबल प्रयोगशाला बनाईने भएको छ।

स्वतन्त्ररुपमा चुनाव जितेका हमालले उपमहानगरबाट कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन्।

त्यसैले पनि उपमहानरपालिकाले उनका लागि तयार पारेको गाडीलाई उनले घुम्ती प्रयोगशाला बनाएर वडा वडामा स्वास्थ्य सेवा दिने बताएका छन्।

भाटभटेनी सुपर मार्केटले यसै जेठ २७ गते धनगढीमा आफ्नो नयाँ शाखा उद्घाटन गर्ने तयारी गरेको छ।

अध्यक्ष कुलबहादुर गुरुङले सुदूरपश्चिममा स्वास्थ्य सेवाको अवस्था कमजोर भएकाले आफूले सामाजिक उत्तरदायीत्व अन्तर्गत यो सहयोग गरेको बताए।

गुरुङले दार्चुला र बैतडी जिल्लाका दुई जना जेहेन्दार विद्यार्थीलाई एमबिबिएस पनि पढाई सकेका छन्।

साउन १ गतेदेखि हरेक वडामा महिनामा एक दिन पालो पर्ने गरि नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:२०

बाजुरा । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको...

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

वि.सं.२०८३ भदौ १ सोमवार १३:०२

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०४

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको...

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

वि.सं.२०८३ साउन २१ बिहीवार २०:२७

रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने...