मुक्तिनाथ बैंकको ऋणपत्रमा आवेदन भर्ने आज अन्तिम दिन

वि.सं.२०७८ साउन १२ मंगलवार

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले साउन ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ८.७५ प्रतिशत ब्याज दिने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
बैंकले ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर–ऋणपत्र २०८४–८५’ नामक ऋणपत्र ७ वर्ष अवधिका लागि निष्काशन तथा बिक्री खुला गरेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट भने बाँकी ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई बिक्री गरिएको कुल शेयरमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो। जसमध्ये १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
२०७८ साउन १२ गते प्रकाशित

प्रकाशित समय : ०५:२६ बजे