back

आन्तरिक हवाइ सेवा र्पूण रुपमा शुरु गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले कोरोना महामारीको दोस्रो लहर फैलिएपछि रोकिएको आन्तरिक हवाइ सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले नियमित उडानको तालिका सार्वजनिक गरी उडान गर्न निर्देशन दिएपछि आइतबारदेखि उडान खोल्ने तयारी भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानहरुलाई पूर्ण क्षमतामा उडान भर्ने गरी आन्तरिक हवाइ सेवा सञ्चालन हुने भएको हो । नियमित आन्तरिक उडान कसरी गराउने भन्ने विषयमा नागरिक उड्डयन प्राधिकरणसँग आज छलफल हुन लागेको मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
गत वर्षको बन्दाबन्दी खुलेपछि सरकारले हवाइ जहाजमा ५० प्रतिशत यात्रु राखेर उडान गर्न निर्देशन दिएको थियो । तर यसरी उडान भर्न असम्भव हुने र यसले भाडा दर पनि बढ्ने भएकाले सबै सीटमा यात्रु राखेर उडाउन पाउने व्यवस्था गर्न लागिएको हो ।

यद्यपि, हाललाई कोरोनाको जोखिम कम भएका क्षेत्रमा मात्रै आन्तरिक हवाइ उडान सञ्चालन गर्ने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यस्तो जोखिमको सूची तयार पार्ने पर्यटन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

त्यसपछि कमम जोखिम भएका गन्तब्यमा उडान भर्न सुरु गर्ने तयारी भएको छ । यसका लागि वायुसेवा कम्पनीका सञ्चालकसँग छलफल गर्ने तयारी मन्त्रालयले गरेको छ ।

२०७८ असार ९ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

वि.सं.२०८३ जेठ १० आइतवार १५:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य...