back
Naima

व्यक्तिगत करको दर सार्वजनिक, कति कमाउनेले कति तिर्न पर्ने ?

काठमाडौँ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८–७९ का लागि व्यक्तिगत करको दर सार्वजनिक गरेको छ। विभागले आयको हिसाबले एकल र दम्पतीको हकमा करको अलग–अलग दर सार्वजनिक गरेको हो।

सार्वजनिक करको दर अनुसार रोजगारीको आयमात्र हुने एकल व्यक्तिका लागि वार्षिक ४ लाख रुपैयाँसम्म करयोग्य आय भएमा र दम्पतीको हकमा वार्षिक ४ लाख ५० हजार रुपैयाँसम्म करयोग्य आय भएमा १ प्रतिशतका दरले कर तिर्नुपर्नेछ।

यसैगरी ४ लाखदेखि ५ लाख रुपैयाँसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ४ हजार रुपैयाँका अतिरिक्त ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको रकममा १० प्रतिशतका दरले कर लाग्ने छ।

यस्तै दम्पतीको हकमा ४ लाख ५० हजारभन्दा माथि ५ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम ४ हजार ५०० रुपैयाँका अतिरिक्त ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्नेछ।

त्यस्तै ५ लाखभन्दा माथि ७ लाख रुपैयाँसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम १४ हजार रुपैयाँका अतिरिक्त ५ लाखदेखि ७ लाख रुपैयाँसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ। यस्तै दम्पतीको हकमा ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्म करयोग्य आय भएमा न्यूनतम १४ हजार ५०० रुपैयाँका अतिरिक्त ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ।

विभागका अनुसार ७ लाखदेखि २० लाख रुपैयाँसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ५४ हजार रुपैयाँका अतिरिक्त ७ लाखदेखि २० लाख रुपैयाँसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्नेछ। दम्पतीको हकमा ७ लाख ५० हजारभन्दा माथि २० लाख रुपैयाँसम्म करयोग्य आय भएमा न्यूनतम ५४ हजार ५०० रुपैयाँका अतिरिक्त ७ लाख ५० हजारदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्नेछ।

यस्तै २० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा एकल व्यक्तिको हकमा वार्षिक ४ लाख ४४ हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्नेछ। दम्पतीको हकमा भने २० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा न्यूनतम ४ लाख २९ हजार ५०० रुपैयाँका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्ने विभागले जनाएको छ।

२०७८ असार ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...