back
nactional

६ महिनामा ८ खर्ब २२ अर्ब रुपैयाँको आयात, सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको ६ महिना (साउनदेखि पुससम्म) नेपालमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

सोही अवधिमा निर्यात भने उल्लेखनीय सुधार देखिएको छ, ३१.७८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ पुगेको छ । नेपालले ६ महिनामा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ ।

गत वर्षको सोही अवधिको पुष मसान्तसम्मको तुलनामा आयात ७.०६ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

आयात–निर्यात अनुपात १०.२५ बाट घटेर ८.३२ पुगेको छ, जसले निर्यातको योगदानमा सुधारको संकेत गरेको छ । कुल वैदेशिक व्यापार ९.२५ प्रतिशतले वृद्धि भई ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

कुल व्यापारमा निर्यातको हिस्सा ८.८९ प्रतिशतबाट बढेर १०.७२ प्रतिशत पुगेको छ । यता, आयातको हिस्सा भने २.०१ प्रतिशतले घटेर ८९.२८ प्रतिशतमा सीमित भएको छ ।

मन्त्रालयले ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा भने ८.२ प्रतिशत मात्र बढेको थियो ।

त्यसैगरी, पहिलो ६ महिनामा सरकारको खर्च ७.८ प्रतिशतले बढेको छ । वित्तीय संस्थामा निक्षेप सङ्कलन २ खर्ब ११ अर्ब अर्थात् ३.३ प्रतिशतले बढेको छ । कर्जा प्रवाह पनि ४.४१ प्रतिशतले बढेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ । यो कुल व्ययको ३६.५ प्रतिशत हो ।

कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत खर्चमध्ये ६ महिनामा ५६ अर्ब ९४ करोड खर्च भएको छ । यो वार्षिक विनियोजनको तुलनामा १६.२ प्रतिशत खर्च हो ।

यसैगरी, वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये पुस मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्ष पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण भएको छ ।

त्यस्तै, राजस्व बाँडफाँटतर्फ ५१ अर्ब ७४ करोड हस्तान्तरण भएको छ । वार्षिक विनियोजन भने १ खर्ब ५९ अर्ब बराबर थियो ।

पुस मसान्तसम्म ७ अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान र ४१ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण प्राप्त भएको छ । यस अवधिमा वार्षिक लक्ष्यको तुलनामा १४.८ प्रतिशत वैदेशिक अनुदान प्राप्त भएको हो ।

सरकारले चालु आवमा ५२ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ । त्यस्तै, बार्षिक लक्ष्यको १९ प्रतिशत वैदेशिक ऋण प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले चालु आवमा २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य राखेको छ ।

सरकारले पुस मसान्तसम्म १ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । त्यस्तै, पुस मसान्तसम्म सरकारले १ खर्ब ४९ अर्ब ६७ करोड रुपैयाँ ऋण भुक्तान गरेको छ । पुस मसान्तसम्म सरकारको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...