ज्योति विकास बैंक ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन’ अवार्डबाट सम्मानित
वि.सं.२०८१ पुस १२ शुक्रवार
काठमाडौं । ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेकोमा नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मानित भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई विकास बैंकहरू मध्ये उत्कृष्टताको लागि यो प्रतिष्ठित अवार्ड प्रदान गरेका हुन् ।
बैंकले अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई व्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।
विकास बैंकहरूमा पहिलोपटक पहिलो पटक बैंकले Voice Audio Box QR सेवा सुचारु गरी QR मर्चेन्टहरूको सहजता सुनिश्चित भएको जनाएको छ ।
डिजिटल बैंकिङ्ग र नगद रहित कारोबार प्रवर्द्धन गर्दै क्रस–बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ।
अत्याधुनिक डिजिटल अभ्यासहरूलाई उच्च प्राथमिकता दिंदै बैंकसँगको कारोबारलाई थप सबल र प्रभावकारी बनाउन बैंक प्रतिवद्ध रहेको जनाएको छ ।
यस्तैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको बैंकको दाबी छ ।
बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको जनाएको छ ।
प्रकाशित समय : १३:२९ बजे






















