back

नगरकोटको होटल भ्यु पोइन्टमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई छुट

काठमाडौं । नगरकोटस्थित होटल भ्यु पोइन्टले सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी, कर्मचारी ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट दिने भएको छ ।

दुई पक्षबीच भएको सम्झौता अनुसार होटलबाट प्रदान हुने सेवा तथा सुविधाहरुमा बैंकका सेयरधनी, कर्मचारी र ग्राहकलाई २० देखि २५ प्रतिशतसम्म छुट दिने बताइएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौं क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्ध निर्देशक दिनेश भक्त श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल भ्यु पोइन्टका सेवा लिँदा बैंकका ग्राहकलाई २० प्रतिशत तथा बैंकका सेयरधनी र कर्मचारीहरुलाई २५ प्रतिशत कर्पोरेट छुट दिने बताइएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारी तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।

 


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:५१

काठमाडौँ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चैत...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:१९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को लाभांश सुरक्षित गर्ने...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:१६

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:०८

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि हकप्रद...