back
Naima

अपि पावरको २ लाख १५ हाजार कित्ता बढी शेयर आजदेखि लिलाममा बिक्रि खुला

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको २ लाख १५ हजार बढी शेयर आजदेखि लिलामीमार्फत बिक्रि खुला गरेको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको २ लाख १५ हजार ५९९ कित्ता साधारण सेयर आज साउन १३ गतेदेखि लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो ।

उक्त शेयरमा साउन २० गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलामीको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय, र अपि पावर कम्पनीको कार्यालयबाट आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । यी शेयरको न्युनतम मूल्य १०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

कम्पनीले १ः०.२९३८ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २९.३८ प्रतिशतले हुन आउने ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

कम्पनीले गत कार्तिक १४ गतेदेखि मङ्सिर ४ गतेसम्म १ः०.४७६१९०४७६१९ को अनुपातमा अर्थात् ४७.६१९ प्रतिशतले हुन आउने उक्त कित्ता शेयर निष्काशन गरेको थियो। विद्युत नियमन आयोगले कम्पनीलाई विभिन्न शर्त तोकेर चरण चरणमा हकप्रद निष्काशनको लागि अनुमति दिएको थियो।

आयोगले पहिले निष्काशन गरेको हकप्रदबाट उठेको रकमबाट आयोजनामा गरिएको प्रगतीको प्रतिवेदन बुझाएपछि मात्र दोस्रो चरणको हकप्रद निष्काशनको लागि अनुमति दिने जनाएको थियो । त्यस्तै आयोगले सर्वसाधारणलाई शेयर निष्काशन गर्नु अगाडी संस्थापकले कबुल गरेको रकम बुझाई सक्नु पर्ने शर्त राखेको थियो । सबै शर्त पुरा गरेपछि कम्पनीले दोस्रो चरणको हकप्रदको लागि अनुमति पाएको हो।

अपि पावरले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत बनाउनको लागि रकम जुटाउन थप हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार आयोजनाको ३० प्रतिशत काम सकिएको छ । कम्पनीले आर्थिक वर्ष ७६–७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर पनि वितरण गरेको थियो ।

२०७८ साउन १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...