back

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक १४.५३ अंक घटेर २६४७.०७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १० अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टककाे ७६ हजार ९९८ पटककाे काराेबारमा ८ अर्ब ९१ कराेड २८ लाख ४३ हजार रूपैयाँबराबरकाे २ कराेड ३६ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएकाे छ।

यस दिन पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य १०४ रुपैयाँ २० पैसा बढेर १ हजार १४६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ८६ रुपैयाँ १० पैसा बढेर ९४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन मध्य भाेटेकाेशी जलविद्युत कम्पनीकाे शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेकाे छ भने ग्रीन डेभलपमेन्ट बैंककाे शेयरमूल्य करिब ७ प्रतिशत बढेकाे छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.४५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ४५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम ३८ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत घटेको छ। घटेका अरु उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

nactional life
Corporatebazar 11 Anniversary

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:३१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:२६

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि...

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२९

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...