back
nactional

सिटिजन लाइफद्वारा रोशीका ४४७ विधार्थीहरुलाई न्यानो लुगा वितरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोशी गाउँपालिकामा स्थित विद्यालयमा जाडो महिनाको पोषाक वितरण गरेको छ ।

कम्पनीले श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विधार्थी तथा श्री मंगल जन विजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरुका लागि विद्यालयको जाडो महिनाको पोषाक ट्रयाक सुट वितरण गरेको हो ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बिसीले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गर्नुका साथै, असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउदा, स(साना विद्यार्थीको मुहारमा खुसी देख्दा आफुलाई पनि खुसी लागेको र बीमा सबैको लागि अवश्यक छ भन्ने कुरामा जोड दिएर, विद्यार्थी भोलिको देशको कर्णधार भएको भन्दै विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरेका छन ।

कार्यक्रममा उपस्थित समाजसेवी शंख बुद्ध लामाले आफु संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै बीमा बुढेसकालमा सहारा हुने भएकोले बीमा गर्नुपर्ने कुरामा जोड दिए ।

अत बीमाले मानिसलाई हुने आर्थिक नोक्सानीलाई न्युनिकरण गर्न सकिने बताए । कम्पनीका एजेन्सी मेनेजर साथै यस कार्यक्रमका सहजकर्ता अशोक बुद्ध लामाले बीमाले भविष्यमा हुनसक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञान बहादुर लामाले कम्पनीलाई सहयोगको लागी धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बिसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल ज्यूको, स्थानीय तहका पधादिकारीहरु, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरुको उपस्थिती थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४...

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

वि.सं.२०८३ भदौ १ सोमवार २२:१५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष...

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

वि.सं.२०८३ भदौ १ सोमवार २०:५३

पाल्पा । एभरेस्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८३ भदौ १ सोमवार २०:४३

काठमाडौं । नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

वि.सं.२०८३ भदौ १ सोमवार २०:३७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख...

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

वि.सं.२०८३ भदौ १ सोमवार १५:४९

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व...