back

तीन बैंकको एजीएम आज, लाभांश पारितसहितका यस्ता छन् अन्य अजेन्डा

काठमाडौँ । तीन बैंकको वार्षिक साधारणसभा आज कात्तिक १६ गते हुन लागेको छ । सिटिजन्स बैंक, कुमारी बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आज हुन लागेको हो।

सिटिजन्स बैंकको १५ औँ वार्षिक साधारणसभा बैंकको प्रधान कार्यालयमा हुनेछ। सभा साँझ ४ बजेबाट सुरु हुने बैंकले जनाएको छ ।
साधारणसभामा विशेष प्रस्तावको रुपमा संचालक समितिबाट प्रस्ताव गरेअनुसार चुक्तापूँजीको १२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१.१० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने विषय समावेश गरिएको छ।

योसँगै बैंकको चुक्तापूँजी र जारी पूँजी वृद्धिको प्रस्ताव समेत विशेष प्रस्तावकै रुपमा सभामा प्रस्तुत हुनेछ छ।

सिटिजन्स बैंकको सो साधारणसभाले भविष्यमा हुने संभावित मर्जरको सम्पूर्ण अख्तियारी संचालक समितिलाई समेत प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

यसैगरी, प्रस्तावित बोनस सेयर वितरण गर्दा लाग्ने कर प्रयोजनसमेत गरी बैंकको सभामा ३.०८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पेश हुनेछ।

यस्तै, बैंकको नियमावलीअनुसार समूह ख का सर्वसाधारण सेयरधनीकोतर्फबाट संचालक समितिका प्रतिनिधित्व गर्ने २ संचालक पदको निर्वाचन समेत हुने बताइएको छ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको थियो। यसको अर्थ असोज २० गते (असोज २१ गते घटस्थापना) सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश र सभामा भाग लिन योग्य भएका छन्।

यसैगरी कुमारी बैंकको २१ औँ वार्षिक साधारणसभा काठमाण्डौ नक्सालमा हुनेछ। सभा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

सोही सभाले गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका प्रतिवेदन अनुमोदन गर्नेछ।

कुमारी बैंकले गत आर्थिक ८ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ कात्तिक ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन्।

यस्तै आजै सांग्रिला डेभलपमेन्ट बैंकको १७ औँ वार्षिक साधारणसभा हुँदैछ। सभा बिहान बजेबाट काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा सुरु हुनेछ।

बैंकले विशेष प्रस्तावको रुपमा हाल कायम ३ अर्ब अधिकृत पूँजीलाई वृद्धि गरी ५ अर्ब कायम गर्ने, संचालक समितिले गरेको प्रस्ताव अनुसार हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस वितरणको विषयमा निर्णय गर्ने लगायतका विषय समावेश गरेको छ।

हाल कायम चुक्तापूँजीमा १० प्रतिशत बोनस सेयर दिएपछि जारी तथा चुक्तापूँजी बढेर ३ अर्ब १ करोड माथि पुग्ने भएकोले सो प्रस्ताव समेत साधारणसभाले पारित गर्नेछ।

साधारणसभाले भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर जाने विषयको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत पारित गर्नेछ।

साधारण प्रस्तावको रुपमा प्रस्तावित बोनस सेयर वितरण गर्दा लाग्ने ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको विषय पनि रहेको छ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक ५ गतेदेखि कात्तिक १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन्।


एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:१६

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:०८

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि हकप्रद...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:४८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आज वैशाख १२ गते...

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...