सनराइज बैंकको नाफा १२ प्रतिशतले बढ्यो
वि.सं.२०७८ कात्तिक १५ सोमवार
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सनराइज बैंकको खुद नाफा १२.४७ प्रतिशतले बढेर ४३ करोड ७ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३८ करोड २९ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी भने ०.५१ प्रतिशतले घटेर ९२ करोड ३२ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९२ करोड ७९ लाख ७६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
सञ्चालन नाफा ६.४० प्रतिशतले बढेर ५८ करोड २१ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा ६ करोड ७१ लाख ५५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा छ ।
प्रकाशित समय : १८:२१ बजे