back

गरिमा विकास बैंकले किन्यो केसिएल एक्ट्यूट क्यापिटल, भदौ दोस्रो साताबाट गरिमा क्यापिटलबाट कारोबार सुरु

काठमाडौं । गरिमा विकास बैंककले केसिएल एक्ट्यूट क्यापिटलमा ५१ प्रतिसत लगानी थपेको छ ।

मर्चेन्ट बैंकिङको काम गर्ने उद्देश्यका साथ गरिमाले केसिएल एक्ट्यूट क्यापिटललाई किनेको हो । केसिएल एक्टयुटले २०६८ असारमा धितोपत्र बोर्डबाट लाइसेन्स पाएको थियो ।

केसिएल एक्ट्यूट क्यापिटलको चुक्ता पुजि २४ करोड २० लाख रहेको छ यसमा गरिमाले १२ करोड ६१ लाख लगानी गर्ने भएको हो । केसिएल एक्ट्यूट क्यापिटलको १ साताअघि सम्पन्न साधारणसभाले गरिमालाई भित्र्याउने निर्णय पास भैसकेको क्यापिटलका अध्यक्ष दिपक पाण्डेले बताए ।

राष्ट्रिय स्तरको विकास बैंक गरिमाले मर्चेन्ट बैंकिङको काम गर्न केसिएल एक्ट्यूट क्यापिटललाई किनेको हो । आगामी भदौ १५ गतेभित्रै गरिमा क्यापिटलको नामबाट कारोवार हुने गरिमा विकास बैंकको सीईओ गोविन्द ढकालले बताए । आगामी दिनमा आक्रामक रुपमा बजारमा उपस्थिती जनाइ इन्भेष्टमेन्ट बैंकिङ, म्यूचुअल फण्ड र बुकबिल्डीङको काम गर्ने कम्पनीका कामु सीईओ निर्मल भट्टराईले बताए ।

२ महिना अघिनै गरिमा विकास बैंकका अध्यक्ष गोविन्द ढकाल र केसिएल एक्ट्यूट क्यापिटलको तर्फबाट दिपक पाण्डेले हस्ताक्षर गरेका थिए । छिट्टै संचालक समिति नयाँ गठन गरेर गरिमाको नामबाट कारोवार सुरु हुने अध्यक्ष पाण्डेले बताए ।
२०७८ साउन २२ गते प्रकाशित


विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०८२ असार ५ बिहीवार २०:३२

काठमाडाैं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

वि.सं.२०८२ जेठ २२ बिहीवार १०:५८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर...

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:०४

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा...