back

मैलुङ खोला जलविद्युतको आईपीओमा मागभन्दा १०.४३ गुणा बढी आवेदन पर्यो

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिननै मागभन्दा १०.४३ गुणा बढी आवेदन परेको छ । आज बिहीबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा मागभन्दा १०.४३ गुणा बढी आवेदन परेको हो ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार साँझ ५ बजेस५ लाख ७ हजार ६ सय जना आवेदकले ७१ लाख ४३ हजार ८ सय कित्ताका लागी आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा १०.४३ गुणा बढी आवेदन परेको हो ।

कम्पनी लिमिटेड बिहीबारदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ, भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणका लागी छुट्याइएको छ ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्मका आवेदन दिनसक्नेछन् । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओ छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बन्द हुन्छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

२०७८ साउन १३ गते प्रकाशित


आईपीओ जारी गर्दै पैचो पसल

आईपीओ जारी गर्दै पैचो पसल

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४१

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो...

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ग्रीन भेन्चर्सको...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:३२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १५ सोमवार १३:४७

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको शेयर शिलबन्दी...

जनता एग्रो एण्ड फरेष्ट्रीले एक अर्बकाे आईपीओ जारी गर्ने, संचालकहरु को को छन् ?

जनता एग्रो एण्ड फरेष्ट्रीले एक अर्बकाे आईपीओ जारी गर्ने, संचालकहरु को को छन् ?

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४२

काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले सर्वसाधारणको लागि एक...