भोली सेयर कारोबार बन्द

वि.सं.२०७८ साउन ५ मंगलवार

काठमाडौँ । भोली सार्वजनिक बिदाको दिन सेयर बजार पनि बन्द रहने भएको छ । साउन ६ गते बुधबार मुस्लिम धर्मावम्लीहरुको पर्व बकर इदको अवसरमा गृहमन्त्रलायले सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर बजार बन्द हुने भएको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै साउन ६ गते बुधबार नेप्से पनि बन्द रहने छ ।
२०७८ असार ५ गते प्रकाशित

प्रकाशित समय : १२:०७ बजे