back

यी दुई कम्पनीको सेयर मूल्यमा देखियो अस्वभाविक वृद्धि, यस्तो छ नेप्सेको प्रतिक्रिया

काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज दुई कम्पनीको सेयर मूल्यमा अस्वभाविक वृद्धि देखिएको छ । सेयर बजारको मापन गर्ने नेप्से परिसूचकमा आज लक्ष्मी उन्नती कोष र लक्ष्मी ईक्वीडीटि फण्डमा अस्वाभाविक वृद्धि देखिएको छ ।

यी दुवै कम्पनीको सेयर मूल्यमा एक दिनमा बढ्न पाउने निर्धारीत सिमा भन्दा बढी दरले मूल्य बढेको देखिएको हो । नेप्सेका अनुसार लक्ष्मी उन्नती कोषको सेयर मूल्यमा १०.४ प्रतिशतले बढेको छ भने यता लक्ष्मी इक्वीडिटीको सेयर मूल्य पनि १०.१ प्रतिशतले बढेको देखिएको छ । जबकि इन्ट्रा डे कारोबारमा कम्पनीको मूल्य १० प्रतिशत भन्दा बढी वृद्धि वा गिरावट हुन पाउँदैन । अर्थात कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो वा बढ्यो भने त्यो दिन उक्त कम्पनीको कारोबार दिनभरीकै लागि स्थगित हुने नियम छ ।

यस सम्बन्धमा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले प्राविधिक त्रुटिका कारण यस्तो देखिन सक्ने बताउँदै सच्चाउने बताए । उनले भने ‘कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेपछि सर्किट लागेर कारोबा बन्द हुन्छ, प्राविधिक त्रुटिका कारण यी दुई कम्पनीको मूल्य वृद्धिदर १० प्रतिशत भन्दा बढी देखिएको छ । हामीले कहाँ नेर त्रुटि भयो हेरेर सच्चाउँछौँ’

२०७८ असार ५ गते प्रकाशित


विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:०४

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा...

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार,कति भयो कारोबार ?

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार,कति भयो कारोबार ?

वि.सं.२०८२ जेठ १९ सोमवार १५:२७

काठमाडौं । बजेटपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक नेप्से वृद्धि...

आजदेखि ऋणपत्र निष्काशन गर्दै निफ्रा

आजदेखि ऋणपत्र निष्काशन गर्दै निफ्रा

वि.सं.२०८२ जेठ १८ आइतवार ११:४२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले आज (जेठ...

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...

नेप्से र स्टक ब्रोकरको आयोजनामा पुँजी बजार सुदृढीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

नेप्से र स्टक ब्रोकरको आयोजनामा पुँजी बजार सुदृढीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ १६ शुक्रवार २०:०३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर...

पूँजी बजार सम्बन्धमा बजेट: नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने,धितो पत्र बोर्डको सुदृढीकरण गर्ने

पूँजी बजार सम्बन्धमा बजेट: नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने,धितो पत्र बोर्डको सुदृढीकरण गर्ने

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:४८

काठमाडौं । नेपाल सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने...