back

९ प्रतिशत ब्याजदर दिने मुक्तिनाथ विकास बैंकको पौने १.२५ अर्बको ऋणपत्र पर्सिदेखि निष्कासन

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले १.२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पर्सिदेखि बिक्रि खुला गर्न लागेको छ । बैंकले ‘मुक्तिनाथ डिबेन्चर २०८४।८५’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो।

बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजर दिने गरि प्रति कित्ता १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गर्न लागेको छ ।

कुल निष्कासन गरिने इकाइमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ५ लाख इकाइ सर्वसाधारणका लागि (सोमध्ये ५ प्रतिशत अर्थात २५ हजार इकाइ ऋणपत्रमध्ये १ हजार ५०० इकाइ ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँडपश्चात बाँकी रहेको ३३ हजार ५०० कित्ता ऋणपत्रसहित) निष्कासन गरिनेछ। बाँकी रहेको २ लाख २५ हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ लाख इकाइसम्म खरिद आवेदन दिन सकिने छ । आवेदन सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट दिन सकिनेछ।

ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ११ गते वा ढिलोमा साउन २१ गते हुने भनिएको छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

सातवर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत असार ८ गते निष्कासन अनुमति दिएको थियो। यसमा लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउनेछन्।

२०७८ असार ५ गते प्रकाशित


हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:४२

काठमाडौं । हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा...

आईपीओ जारी गर्दै पैचो पसल

आईपीओ जारी गर्दै पैचो पसल

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४१

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो...

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ग्रीन भेन्चर्सको...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:३२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १५ सोमवार १३:४७

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको शेयर शिलबन्दी...