मनकामना स्मार्टको आईपीओमा ६२ गुणा बढी आवेदन, भोली अन्तिम दिन

वि.सं.२०७८ असार २० आइतवार

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तको साधारण शेयरमा आज बेलुका ५ बजेसम्मा ६२ गुणा बढी आवेदन परिसकेको छ । शेयर निष्काशन भएको चौथो दिन आइतबार बेलुका ५ बजेसम्ममा सबा १७ लाख २५ हजार ६७८ जनाद्धारा २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार ८९० कित्ता शेयर माग भएको हो । जुन सर्वसाधारणका लागि गरिएको निष्काशन भन्दा ६२.५२ गुणा बढी हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।
लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत आईपीओ निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सोमबार (असार २१ गते) सम्म आवेदन गर्न सकिनेछ ।
लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर मनकामना स्मार्ट लघुवित्त बनेको हो ।
२०७८ असार २० गते प्रकाशित

प्रकाशित समय : १२:२७ बजे