back
skip this gaugauma singhadarbar

मनकामना स्मार्टको आईपीओमा ६२ गुणा बढी आवेदन, भोली अन्तिम दिन

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तको साधारण शेयरमा आज बेलुका ५ बजेसम्मा ६२ गुणा बढी आवेदन परिसकेको छ । शेयर निष्काशन भएको चौथो दिन आइतबार बेलुका ५ बजेसम्ममा सबा १७ लाख २५ हजार ६७८ जनाद्धारा २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार ८९० कित्ता शेयर माग भएको हो । जुन सर्वसाधारणका लागि गरिएको निष्काशन भन्दा ६२.५२ गुणा बढी हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।

लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत आईपीओ निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सोमबार (असार २१ गते) सम्म आवेदन गर्न सकिनेछ ।

लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर मनकामना स्मार्ट लघुवित्त बनेको हो ।

२०७८ असार २० गते प्रकाशित

gaugauma singhadarbar

२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

वि.सं.२०८२ मंसिर २१ आइतवार १६:५१

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा २१.४८ अंकको...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ मंसिर २२ गतेदेखि निष्कासन हुँदै

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ मंसिर २२ गतेदेखि निष्कासन हुँदै

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:१०

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो...

भोलि सार्वजनिक बिदा : शेयर बजार अब आइतबार मात्र खुल्ने

भोलि सार्वजनिक बिदा : शेयर बजार अब आइतबार मात्र खुल्ने

वि.सं.२०८२ मंसिर १७ बुधवार १६:५४

काठमाडौं । भोलि सार्वजनिक बिदा हुने भएको छ ।मार्गशीर्ष शुक्ल...

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि

वि.सं.२०८२ मंसिर १७ बुधवार १५:५८

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको...

रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनका लागि बाटो खुला

रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनका लागि बाटो खुला

वि.सं.२०८२ मंसिर १७ बुधवार ११:०१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयरको...

सालपा विकास बैंकको आईपीओ मंसिर २५ देखि निष्कासन हुँदै

सालपा विकास बैंकको आईपीओ मंसिर २५ देखि निष्कासन हुँदै

वि.सं.२०८२ मंसिर १६ मंगलवार ०९:४८

काठमाडौं । सालपा विकास बैंकले आगामी मंसिर २५ गतेदेखि वैदेशिक...