back

नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको ९ लाख कित्ता शेयर लिलामीमा बिक्रि गर्दै

काठमाडौँ । नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक शेयर लिलामीमा बिक्रि गर्न लागेको छ । कम्पनीले असार २ गतेदेखि असार १६ गतेसम्म यी संस्थापक शेयर लिलामीमा बिक्रि गर्न लागेको हो । शेयर लिलाम प्रक्रियाको लागि एनआइबिएल एस बिक्रि प्रबन्धक रहेको छ ।

इन्स्योरेन्सले लिलाममा बिक्रि गर्न लगेको बैंकको ९ लाख कित्ता शेयरको न्युनतम मूल्य प्रति कित्ता १४० रुपैयाँ कायम गरेको छ । आवेदन दिंदा सो भन्दा बढी मूल्य कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

आवेदन दिंदा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । हाल कायम संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी , संघ, संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र बीमा समितिले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। हाल कायम शेयरधनीले भने आफ्नो शेयरधनी नम्बर पनि उल्लेख गर्नु पर्ने छ ।

आवेदन दिंदा न्युनतम १ सय कित्ताको लागि अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।

२०७८ असार ३ गते प्रकाशित


डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३३

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८२ वैशाख ३० मंगलवार १५:३४

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१९

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र...