back

टेस्लाको सेयरले झड्कायो एलन मस्कलाई, विश्वका धनाढ्यको सूचीमा तेस्रो स्थानमा झरे

काठमाण्डौ । विश्वका धनाढ्यको सूचिमा दोस्रो स्थानमा रहेका एनल मस्क अहिले भने तेस्रो स्थानमा झरेका छन् । टेस्ला इंक र स्पेस एक्सका संस्थापक एवं सीईओ मस्क
ब्लुमबर्गले मंगलबार सार्वजनिक गरेको विश्वका सर्वाधिक धनीको सूचीमा दोस्रो स्थानबाट तेस्रो स्थानमा झरेका हुन्।

ब्लुमबर्गले सार्वजनीक गरेको उक्त रिपोर्ट अनुसार एलभीएमएचका अध्यक्ष बर्नार्ड अर्नल्ट दोस्रो स्थानमा उक्लिएका हुन् । बर्नार्डको कुल सम्पत्ति १६२ बिलियन डलर रहेको छ।
ब्लुमबर्गका अनुसार मंगलबारसम्म मस्कको कुल सम्पत्ति ३.१६ बिलियन डलर घटेर १६१ बिलियन डलरमा झरेको छ। पछिल्लो समय टेस्लाको सेयरमा गिरावट आउन थालेपछि मस्कको सम्पत्तिमा गिरावट आएको छ। उनले हालै बिटक्वाइनबाट टेस्ला कार खरिद गर्न नपाउने ट्विट गरेसँगै टेस्ला कम्पनीको सेयरमा गिरावट आउन थालेको हो। टेस्ला कम्पनीसँगै बिटक्वाइनको मूल्यमा पनि भारी गिरावट आइरहेको छ।

विश्वका सर्वाधिक धनीको सूचीको पहिलो स्थानमा अमेजनका संस्थापक जेफ बेजोस छन्। उनको कुल सम्पत्ति १९० बिलियन डलर रहेको छ।

यसैगरी तेस्रो स्थानमा १४४ बिलियन डलर सम्पत्तिका साथ माइक्रोसफ्टका संस्थापक बिल गेट्स र ११८ बिलियन डलर सम्पत्तिका साथ पाँचौँ स्थानमा फेसबुकका मार्क जुकरबर्ग रहेका छन्।

२०७८ जेठ ५ गते प्रकाशित


शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

वि.सं.२०८१ चैत १४ बिहीवार १६:३८

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा पुगेको...

कुलमान घिसिङलाई हटाउने निर्णयको असर शेयर बजारमा : नेप्से २६०० विन्दुमुनि

कुलमान घिसिङलाई हटाउने निर्णयको असर शेयर बजारमा : नेप्से २६०० विन्दुमुनि

वि.सं.२०८१ चैत १२ मंगलवार १६:०३

काठमाडौ। आज  नेप्से परिसूचक ५८.०५ अंक घटेर २५८२.७३ विन्दुमा झरेको...

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

वि.सं.२०८१ चैत १२ मंगलवार १५:३१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने...

६ दिनदेखि लगातार घटिरहेको शेयर बजार सोमबार भने बढ्यो

६ दिनदेखि लगातार घटिरहेको शेयर बजार सोमबार भने बढ्यो

वि.सं.२०८१ चैत ११ सोमवार १६:४४

काठमाडौं। सोमबार नेप्से परिसूचक २६.१० अंक बढेर २६४०.७८ विन्दुमा पुगेको...

शेयर बजारमा पहिरो : नेप्से ५४.६२ अंकले घट्यो

शेयर बजारमा पहिरो : नेप्से ५४.६२ अंकले घट्यो

वि.सं.२०८१ चैत १० आइतवार १६:४७

काठमाडौँ। आज नेप्से परिसूचक ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा झरेको...

सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

वि.सं.२०८१ चैत ८ शुक्रवार ०८:५६

काठमाडौँ । आज चैत ८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज...