back

यो साता नेप्से परिसूचक ४६ दशमलव ८८ अंकले बढ्यो , कारोबार रकम घट्यो

काठमाडौं । नेपालको शेयर बजार ४६ दशमलव ८८ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन वैशाख २३ गते २ हजार ६३७ दशमलव १३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार वैशाख ३० गते २ हजार ६८४ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो ।

साताको पाँच ओटा कारोबार दिनमा पहिलो दिन १८ दशमलव ५६ अंकले घटेको बजार बाँकी चार कारोबार दिन भने बढेको छ ।

साताको दोस्रो दिन २७ दशमलव ४१ अंक, तेस्रो दिन २७ दशमलव ४७ अंक, चौथो दिन शून्य दशमलव ५६ अंक र पाँचौ दिन १० दशमलव १३ अंक परिसूचक बढेको हो ।

९० प्रतिशतभन्दा बढी शेयर कारोबार अनलाईन मार्फत भएको नेप्सेले जानकारी दिएको छ ।

सिष्टम सञ्चालनका लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन, गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्न र थप मोवाइल नम्बरहरु उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

कोभिडको महामारीमा साना लगानीकर्ताहरुलाई दैनिक खर्च वा औषधी उपचारका लागि शेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरलेआवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न बोर्डले भनेको छ ।

यो साता नेप्से परिसूचक उकालो लागेपनि कारोबार रकम भने गत साताभन्दा कम भएको छ ।

गत साता रू. ३३ अर्ब ९६ करोड ९२ लाख २६ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. २८ अर्ब ६१ करोड ६४ लाख १० हजार बराबरको मात्र शेयर कारोबार भएको हो । सातामा कारोबार रकम रू. ५ अर्ब ३५ करोड २८ लाख १५ हजार कम भएको हो ।

कारोबार रकमसँगै कारोबार कित्ता पनि यो साता घटेको छ ।

गत साता ७ करोड ५६ लाख ४ हजार ८८५ कित्ता शेयर कारोबार भएकोमा यो साता ७६ लाख ६७ हजार ८५७ कित्ता कम ६ करोड ७९ लाख ३७ हजार २८ कित्ता शेयर कारोबार भएको हो ।

गत साता रू. ३६ खर्ब ५८ अर्ब ७६ करोड ४० लाख ३३ हजार रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन रू. ३७ खर्ब २४ अर्ब ५५ करोड २० लाख ८१ हजार कायम भएको छ ।

गत साताभन्दा यो साता शेयर बजारको आकार रू. ९१ अर्ब ७१ करोड ७० लाख १८ हजार बढी भएको हो ।

२०७८ जेठ १ गते प्रकाशित ।


दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ असार १७ मंगलवार १५:५३

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा...

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

वि.सं.२०८२ असार १७ मंगलवार १२:१६

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि...

आज देखि गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

आज देखि गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ असार १७ मंगलवार ११:५९

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आज देखि आफ्नो संस्थापक शेयर...