एचआइडीसीएलको लिलामी सेयर बाँडफाँड
वि.सं.२०८१ भदौ १७ सोमवार
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड गरेको छ । कम्पनीले भदौ २९ गतेदेखि भदौ ६ गतेसम्म १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको थियो ।
उक्त लिलामीको बोलपत्र भदौ १२ गते खोलिएको थियो । उक्त सेयरको कटअफ मूल्य १३५ रुपैयाँ निर्धारण भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
आवेदकले लिलामी बाँडफाँडमा नपरेको सेयर वापतको पैसा आज (भदौ १७ गते) देखि फिर्ता गर्न शुरु गरेको बिक्री प्रबन्धकले जनाएको छ ।
प्रकाशित समय : १२:१० बजे