तेह्रथुम पावरको सेयरको लक इन सकियो, आजदेखि कारोबारमा आउने
वि.सं.२०८१ साउन २७ आइतवार
काठमाडौं । तेह्रथुम पावर कम्पनीको सेयर लक इन अवधि आज सकिने भएको छ । कम्पनीको संस्थापक सेयर, स्थानीय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीहरूका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि आज सकिन लागेको हो ।
कम्पनीका अनुसार संस्थापक, सथनीय र कर्मचारी स्वामित्वको गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि सकिएको हो । जमसध्ये संस्थापक सेयरधनीहरूको २८ लाख कित्ता, स्थानीय बासिन्दाको ४ लाख कित्ता र कर्मचारीको १६ हजार कित्ता सेयर रहेको छ ।
कम्पनीले आईपीओ जारी गरेपछि तीन वर्षसम्म सेयर लक इन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही बमोजिम कम्पनीको उक्त सेयर लक इन आज सकिएर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रकाशित समय : १०:१० बजे