back
skip this Samagra

सेयर बजारको आकार साढे ३ महिनामै ५ खर्ब बृद्धि

काठमाडौं । नयाँ सरकार गठन हुने वातावरण तयार भएदेखि नै सेयर बजार उकालो लाग्न थालेको थियो । पछिल्ला १३ दिनमा नेपाली सेयर बजार परिसूचक नेप्से करीब २ सय ९० अंक बढेको छ ।

१६ महिनाअभि नेप्सेले ३१ सय ९८ अंक पुगेर ओरालो लाग्न थालेदेखि नै निराश बनेका सेयर लगानीकर्तामा अचेल भने उत्साह छाएको छ ।

२०७८ भदौ २ मा कीर्तिमानी उचाई चुमेर ओरालो लागेको सेयर बजार गत ९ असोजमा १८ सय १५ अंकमा झरेको थियो । तर त्यहाँबाट बजार थप घट्न सकेन । यसले ५३ हप्तादेखिको ओरालो यात्रामा ब्रेक लागेको देखिएको छ । त्यसयताका साढे ३ महिनामा नेप्सेले ३ सय २८ अंकको उचाइ पार गरेको छ । यसबीच सेयर बजारको आकार पनि ४ खर्ब ९२ अर्बभन्दा धेरैले बढेको छ ।

यद्यपि नेप्सेको बढ्दो रफ्तारले गति समातेको करीव दुई सातामात्रै भयो । पछिल्ला दुई हप्ताम नेप्से करीब २ सय ७७ अंक बढेको छ । अघिल्लो हप्ता १६२ अंक बढेको नेप्से गत साता थप १ सय १५ अंक बढेपछि यो स्थानमा आइपुगेको हो । यो बृद्धि कति लम्बिन्छ भन्ने स्पष्ट त छैन, तर तत्कालका लागि लगानीकर्तामाझ सेयर बजारमा पैसा खन्याउने लहर चलेको छ ।

साप्ताहिक कारोबार नियाल्ने हो भने गत सातामात्रै नेप्से २ हजार २८ देखि २१ सय ६० अंकका बीचमा रहेको थियो । सातामा ५ मध्ये ४ दिन परिसूचकले दुई अंकको बृद्धि हासिल गर्यो । बुधबार त नेप्से करीब ६५ अंक बढ्यो, जुन पछिल्ला कयौं महिनायताकै उच्च बृद्धि हो ।

केही हप्ता अघिसम्म ५ अर्ब हाराहारी रहेको साप्ताहिक कारोबारको आकार पनि अहिले ह्वात्तै बढेको छ । गत साता नेप्सेमा १८ अर्ब ८० करोडको सेयर किनबेच भयो । यसअघिको सातामा १० अर्बभन्दा बढीको करोबार भएको थियो । त्योभन्दा अघिल्ला साता कारोबार रकम ४ देखि ६ अर्बकै बीचमा रहँदै आएका थिए । यसरी पछिल्ला दुई सातामा नेप्सेको कारोबार रकम हरेक हप्ता दोब्बर भएको छ ।

कारोबार रकममात्रै होइन, ब्यापारमा आएको सेयर संख्यामा पनि उस्तै बढोत्तरी भएको छ । सातामा १ करोड २० लाख कित्ता हाराहारी सेयर ब्यापार हुँदै आएकामा गत साता ४ करोड ३० लाख कित्ता पुगेको छ । गत सातामात्रै नेप्सेको बजार पूँजीकरण १ खर्ब ६७ अर्ब बढेको छ । सबैजसो सामूहिक परिसूचक गत साता पनि उकालो लागे ।

अघिल्लो हप्ताको तुलनामा लगभग सबैजसो कम्पनीको सेयर मूल्य बढेका छन् । सेयरमा लगानी गर्ने अधिकांश लगानीकर्ताले वितेको दुई सातामा केही न केही आम्दानी वा सम्पत्ती बढाउन सफल भएका छन् ।

६ महिनायता नेप्से परिसूचकले ‘साइडवेज मुभमेण्ट’ समातेको देखिन्छ । यसबीच नेप्से परिसूचक १८ सयदेखि २२ सय अंकको बीचमा स्थायित्वका निम्ति भिडिरहेको छ । अहिले नेप्सेको बढ्दो गतिले रफ्तार समातेको भए पनि नेप्सेले यो करीडोरको माथिल्लो सीमा छिचोल्न अझै सकेको छैन ।

त्यसैले नयाँ बुलरन अर्थात् सेयर बजारले ‘अर्को कीर्तिमानी उचाइको बाटो समातिसक्यो’ भनेर भनिहाल्ने बेला भएको छैन । यस अघिका प्रबृत्तीहरु नियाल्दा पनि नेप्से यस्तै आक्रामक बृद्धिबाट कयौं पटक पछाडी हडेको देखिएका छन् ।

यसले नयाँ कीर्तिमानी स्तरको बाटो तताउनु अघि नै नेप्सेले अहिलेको बृद्धिबाट फर्केर फेरी अर्को न्यूनतम विन्दु तयार पार्नसक्ने संभावना मरिसकेको छैन । तर परिसूचकले २२ सय अंक पार गर्यो भने चाहीँ अर्को डेढ सय अंक सहजै छिचोल्न सक्ने बलियै संभावना देखिएको छ ।


धितोपत्र ऐन २०६३ संशोधन: यस्ता छन् नयाँ व्यवस्था

धितोपत्र ऐन २०६३ संशोधन: यस्ता छन् नयाँ व्यवस्था

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२०

काठमाडौं । धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन भएको छ ।...

एनपीएल ३ प्रतिशत पुग्दा पनि आरएसडिसीको नाफा ३०.३४ प्रतिशत बढ्यो

एनपीएल ३ प्रतिशत पुग्दा पनि आरएसडिसीको नाफा ३०.३४ प्रतिशत बढ्यो

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:१३

काठमाडौं । आरएसडिसी लघुवित्तले ९ महिनामा ११ करोड २१ लाख...

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:०५

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका...

चैत २५ गते देखि १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्री गर्दै एचआइडीसीएल

चैत २५ गते देखि १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्री गर्दै एचआइडीसीएल

वि.सं.२०८० चैत २३ शुक्रवार १२:१८

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चैत...

प्रि ओपन सेसनमा करिब साढे २ अंकले बढ्यने नेप्से

प्रि ओपन सेसनमा करिब साढे २ अंकले बढ्यने नेप्से

वि.सं.२०८० चैत २० मंगलवार १२:५१

काठमाडौं। मंगलबार प्रि ओपन सेसनमा नेप्से २.४७ अंक बढेर २०१४.५४...

साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० चैत १९ सोमवार ११:११

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर...