back

प्रभु लाइफको नाफामा १४८.३३ प्रतिशतले छलाङ, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १४८.३३ प्रतिशतले बढाएको छ । यो अवधिमा कम्पनीले १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ५ करोड ५५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा कोष १८१.९९ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ५८ लाख २ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवस बीमा कोषमा ६२ करोड ६१ लाख ७२ हजार रुपैयाँ थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको खुद बिमा शुल्क ११५.६० प्रतिशतले बढेर १ अर्ब ८ करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ५० करोड ४८ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा चुक्ता पूँजी ४२.८५ प्रतिशतले बढेर २ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १३०.४५ प्रतिशतले बढेर ३६ करोड ६० लाख ६४ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीले दावी भुक्तानी ५१८.९४ प्रतिशतले बढेर ६ करोड ८९ लाख ३८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा दावी भुक्तानी १ करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३० पैसा छ ।


भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

वि.सं.२०८१ माघ २४ बिहीवार १७:४३

हेटौँडा । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको...

नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राखेर घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राखेर घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

वि.सं.२०८१ माघ २४ बिहीवार १७:०४

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम घोषणा...

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

वि.सं.२०८१ माघ २४ बिहीवार १६:५६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ २४ बिहीवार १६:४१

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। माघ...

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

वि.सं.२०८१ माघ २४ बिहीवार १६:२१

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक...

आजको विदेशी मुद्राको विनिमय दर के कति छ ?

आजको विदेशी मुद्राको विनिमय दर के कति छ ?

वि.सं.२०८१ माघ २४ बिहीवार १०:१५

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय...