back

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट,यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आइतबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। त्यसमध्ये २१ लाख ६ हजार ५१६ आवेदकको २ करोड ४२ लाख ७७ हजार कित्ता शेयरका लागि आवेदन स्वीकृत भएको छ भने ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ।

कम्पनीले चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो ।

त्यसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलप्रथा विधिबाट बाँडफाँट गरिएको छ ।

कसरी हेर्ने ?

कम्पनीको आईपीओको रिजल्ट हेर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे https://iporesult.cdsc.com.np/  वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडकाे वेभसाइट https://laxmicapital.com.np/IPO_Result.aspx, ग्रीन भेन्चर्स लिमिटेडकाे वेभसाइट https://greenventuresnepal.com/ र मेराे शेयर https://meroshare.cdsc.com.np/#/login मा गएर हेर्न सकिन्छ ।

https://iporesult.cdsc.com.np/

https://laxmicapital.com.np/IPO_Result.aspx

https://greenventuresnepal.com/

https://meroshare.cdsc.com.np/#/login


रिद्धिसिद्धि सिमेन्टले आइपीओ निष्काशन गर्ने

रिद्धिसिद्धि सिमेन्टले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:३३

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

साताको अन्तिम दिन सेयर बजार २४०० बिन्दुमाथि उक्लियो:  बैंकमा झुम्मिए लगानीकर्ता, साढे १५ अर्बको कारोबार

साताको अन्तिम दिन सेयर बजार २४०० बिन्दुमाथि उक्लियो: बैंकमा झुम्मिए लगानीकर्ता, साढे १५ अर्बको कारोबार

वि.सं.२०८१ साउन ३ बिहीवार १७:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा...

सिद्धार्थ हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने

सिद्धार्थ हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ साउन ३ बिहीवार ११:४८

काठमाडौं । सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन...

नेशनल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने

नेशनल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने

वि.सं.२०८१ साउन ३ बिहीवार ११:४६

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ साउन ३ बिहीवार ११:११

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

प्रि ओपन सेसन अपडेटः १३ अंक बढेर बन्द

प्रि ओपन सेसन अपडेटः १३ अंक बढेर बन्द

वि.सं.२०८१ साउन २ बुधवार ११:२२

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ अंक बढेर बन्द...