back
skip this gaugauma singhadarbar

ग्रीन भेन्चर्सको आईपीओ खुल्यो,कति कित्ता आवेदन दिने ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज मंगलबार (चैत ८ गते) देखि खुल्ला भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ ।

सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

यसैबीच बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले चैत १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा चैत १६ गते हुनेछ भने ढिलोमा चैत ३० गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

gaugauma singhadarbar

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

वि.सं.२०८२ मंसिर २७ शनिवार १८:०७

काठमाडौं । सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने...

साताको अन्तिम कारोबार दिन नेप्से घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से घट्यो, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८२ मंसिर २५ बिहीवार १७:००

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सालपा विकास बैंकको आईपीओ जारी

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सालपा विकास बैंकको आईपीओ जारी

वि.सं.२०८२ मंसिर २५ बिहीवार १४:२८

काठमाडौँ । सालपा विकास बैंकले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली...

बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने

बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने

वि.सं.२०८२ मंसिर २४ बुधवार १७:१८

काठमाडौं । बुधबार शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको...

एसवाई प्यानलको शेयर नेप्सेमा सूचीकृत

एसवाई प्यानलको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ मंसिर २३ मंगलवार १७:५९

काठमाडौं । मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एसवाई प्यानल...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:००

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली...