back

के तपाई आईपीओ हाल्न तयारीमा हुनुहुन्छ ?, यी हुन् आईपीओ निष्काशनको तयारीमा रहेका २६ कम्पनी

काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि अनुमति माग्दै २६ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आज आवेदन दिएका छन् ।

हालसम्म २६ कम्पनीहरुले ७ अर्ब बढीको आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । बोर्डका अनुसार २० वटा हाइड्रोपावर कम्पनी,३ वटा माइक्रोफाइनान्स,२ वटा जीवन बीमा कम्पनी र १ वटा अन्य समुहका कम्पनीले ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९०० रुपैयाँ बराबरको ६ करोड ५९ लाख ४९ हजार २८९ कित्ता शेयर निष्काशनको लागि आवेदन दिएका हुन् ।

त्यसमध्ये २० वटा हाइड्रोपावर कम्पनीहरुले ५ अर्ब ८ करोड ४१ लाख ७७ हजार ४०० रुपैयाँ बराबरको ५ करोड ८ लाख ४१ हजार ७७४ कित्ता शेयर निष्काशनको लागि आवेदन दिएका छन् ।

रसुवागढी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनी बाहेक सबैले आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका हुन् ।

रसुवागढी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई मात्रै आईपीओ निष्काशनको अनुमति मागेका छन् । यी दुई कम्पनीले सर्वसाधारणको लागि भने यस अघिनै आईपीओ निष्काशन गरिसकेका छन् ।

रसुवागढी हाइड्रोपावर कम्पनी ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता र सान्जेन जलविद्युत कम्पनीले ३६ लाख ५० हजार कित्ता बराबरको ३६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गर्न माग गरेका छन् ।

यस्तै तीन लघुवित्तले ७ करोड २१ लाख ५८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख २१ हजार ५८६ कित्ता शेयर आईपीओ निष्काशन गर्नेछ ।

उपकार लघुवित्त वित्तीय संस्था,सिवाईसी नेपाल लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले सो बराबरको आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएका हुन्।

उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता, सिवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता र आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

यस्तै दुई जीवन बीमा कम्पनीहरुले एक अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्यारेन्सले सो बराबरको आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।

रिलायवल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ थप गरी प्रतिकित्ता २१२ रुपैयाँको दरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने छ ।

यस्तै आइएमई लाइफ इन्स्योरेन्सले पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्नेछ । डिस मिडिया नेटवर्कले करिब २४ करोडको रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।

बोर्डले अनुमति दिएपछि कम्पनीले २३ करोड ८५ लाख ९२ हजार रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्काशन गर्नेछ ।

 


वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५७

काठमाडौंं । नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)...

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५४

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले...

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५१

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर...

६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले घोषणा ग¥यो आन्दोलन, यस्ता छन् कार्यक्रम

६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले घोषणा ग¥यो आन्दोलन, यस्ता छन् कार्यक्रम

वि.सं.२०८२ असार ५ बिहीवार २०:३६

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा...

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०८२ असार ५ बिहीवार २०:३२

काठमाडाैं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ...

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

वि.सं.२०८२ असार ५ बिहीवार २०:०३

काठमाडौंको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको...