नेप्से २३ अंकले बढ्यो
वि.सं.२०७८ कात्तिक १६ मंगलवार
काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से २३ अंकले बढेको छ । सोही अंकले बढेको नेप्से परिसुचक २८४३.१२ विन्दूमा रोकिएको हो ।
यो दिन बैकिङ्ग, व्यापार र लगानि बाहेक सबै समुहमा हरियाली छाएको छ । मंगलबार कारोबार रकम भने घटेको छ । आज दिनभर २ सय ३० कम्पनिको ९ करोड ९७ लाख ७ हजार ४ सय ४३ कित्ता शेयर ५९ हजार ८ सय ८१ पटक किनबेच हुदा ६ अर्ब ७३ करोड ७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । हिजो ७ अर्ब ७७ करोड ७५ लाख १० हजार रुपैयाँको कारोबार भएको थियो ।
यस दिन सबैभन्दा बढि विकास बैंक सुमुहका लगानिकर्ताले कमाएका छन । आज विकास बैंक १९१, जिवन विमा १५९, निर्जिवन विमा समुह १५७, अन्य ७२, फाइनान्स र हाईड्रोपावर ४८,होटल एण्ड टुरीजम ४१ अंकले बढेको हो । त्यसैगरी बैकिङ्ग, व्यापार र लगानि क्रमश ०.२३, ६९ र ०.१५ अंकले बढेको हो ।
प्रकाशित समय : १६:०४ बजे