सोमबार १७ अंकले घट्यो नेप्से
वि.सं.२०७८ कात्तिक १५ सोमवार
काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज नेप्सेमा सामान्य गिरावट आएको छ । केही दिनदेखि निरन्तर बढीरहेको बजारमा आज भने गिरावट आएको हो ।
केहि दिनबाट निरन्तर रुपमा घटेको शेयर बजार यस दिन १७ अंकले ओरालो लागेको छ । आज ३ समुह सामान्य अंकले बढेपनि अन्य समुह राताम्मे भएको हो ।
आज बजार १७.७५ अंकले घटेर कारोबार मापक नेप्से परिसुचक २८१९.८६ अंकमा पुगेर बजार बन्द भएको हो ।
आज दिनभर २ सय २६ कम्पनिको १३ करोड ४० लाख ३ हजार ३ सय १२ कित्ता शेयर ८० हजार ३ सय ५१ पटक किनबेच हुदा ७ अर्ब ७७ करोड ७५ लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।
आज बैकिङ, होटल एण्ट टुरीजम,र लगानि बाहेक सबै समुह घटेको हो ।
प्रकाशित समय : १५:५७ बजे