back

बालकोट युवा समाजद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

भक्तपुर । बालकोट युवा समाजले महानगरिय प्रहरी प्रभाग बालकोटलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रभागमा कार्यरत प्रहरीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री समाजका अध्यक्ष तथा नेपाली कांग्रेस सुर्यविनायक नगरपालिका नगर कार्यसमितिका उपसभापति रवि राणाले आज एक कार्यक्रमका बीच हस्तारन्तण गरेका हुन ।

राणाले प्रहरी प्रभागको लागि ३५ थान पिपिई सेट, ३५ थान स्यानिटाइजर, ५०० थान मास्क तथा एक सय जोर पञ्जा महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी नरहरी रेग्मीलाई हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक राणाले कोरोना भाइरसको लडाई विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताए । कोरोना विरुद्धको लडाईमा प्रहरी तथा सुरक्षाकर्मी अग्रभाग बसेर लडिरहेको बताउदै, उनीहरुको सुरक्षाका लागि समाजले सक्दो सहयोग जारी राख्ने बताए ।

कार्यक्रममा डिएसपी रेग्मीले प्रहरी प्रभागलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकोमा समाजलाई धन्यवाद दिए । संकटको बेलामा गरेको सानो सहयोगले पनि ठुलो राहत मिलेको उनले बताए ।

समाजले यसअघि दैनिक ज्याला मजदुरी गरि खाने र कोठाभाडामा बस्ने करिब ११ सय परिवारलाई टोल टोलमा पुगेर खाद्यान्न वितरण गर्दै आएको छ । गत वर्षको लकडाउनको समयमा पनि समाजका तर्फबाट गरिब तथा असाह्यहरुको लागि खाद्यान्न वितरण तथा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

२०७८ जेठ १२ गते प्रकाशित


melung
सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...

संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन : यस्तो छ सरकारको ६ महिनाको समीक्षा

संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन : यस्तो छ सरकारको ६ महिनाको समीक्षा

वि.सं.२०८० असार १३ बुधवार १४:०१

बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफको क्रममा उनले...