back

मारवाडी सेवा समिति नेपाल द्वारा गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गर्नुभएको छ ।

मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गर्नुभएको हो ।

मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैयाको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र संचालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गर्नुभयो ।

‘कोभिड विरुद्धको लडाईं हामी सबैले मिलेर लड्ने लडाईं हो । यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभाकको भूमिका खेल्छ, तर यो लडाईंको मोर्चामा डहामी सबै एकठाउँमा उभिएर लड्नुपर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । ३ सय शैयासम्म संचालन गर्न सकिने यस आइसोशलेन केन्द्रलाई पूर्ण रुपमा संचालन गर्न सिसिएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

एक बर्ष अघि कोभिडको पहिलो लहर चलेको बेला नेपालमा कोभिड परीक्षण गर्ने प्रयोगशाला नभएर विदेश पठाउन परेको अबस्था स्मरण गर्दै उपप्रधानन्त्री पोखरेलले भन्नुभयो– ‘अहिले देशका ८६ ठाउँमा कोभिड ल्याब स्थापना गरेका छौंं, केन्द्रदेखि स्थानीय तहसम्म कोभिडको उपचार गर्ने अस्पताल स्थापना गरेका छौं । दोस्रो लहरमा अक्सिजनको जोडजामका कारण समस्या भएको छ । ठूला

अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा हाहाकार सिर्जना भएको हो । हामी यो अभावलाई जति सक्दो चाँडो पूरा गर्न चाहन्छौं ।’
सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय गरी प्रारम्भ र पहल थालिएको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ गरेको जानकारी दिनुभयो । सात वटै प्रदेशमा सात वटा र काठमाडौंमा एउटा गरी एक हजार क्षमताका आठ वटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुटाइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

२०७८ जेठ ५ गते प्रकाशित।


मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

आज क्रिसमस दिवस : देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम गरि मनाइँयो

आज क्रिसमस दिवस : देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम गरि मनाइँयो

वि.सं.२०८१ पुस १० बुधवार १७:२२

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा...

संसद्‌बाट टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

संसद्‌बाट टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

वि.सं.२०८१ साउन ३० बुधवार १०:५७

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि आज संघीय संसदको...

तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

वि.सं.२०७९ कात्तिक १ मंगलवार ०७:४८

काठमाडौं । यो वर्षको तिहारमा ४० करोड रुपैयाँ बराबरको भाइमसला...

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

वि.सं.२०७९ जेठ २३ सोमवार ११:०२

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को निति...