back

नेपालमै अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण सफल

काठमाडौँ  । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला नयाँ सिलिन्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आज उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गरे ।

मन्त्री श्रेष्ठले सिलिन्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियो लाइटको अभाव पूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउँदै नास्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको जनाए । सो कार्यमा सरकारको पूर्ण सहयोग हुने उनको प्रतिबद्धता थियो । मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भने, ‘विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।’

परीक्षण सफल भएसँगै अब नेपालले प्रेसर धान्न सक्ने सिलिन्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नास्टका प्रविधि संकाय प्रमुख डा। रवीन्द्र ढकालले अब उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावसायिक उत्पादन गर्न अनुमति दिने बताए । उनका अनुसार नेपालमा पाइने सिलिन्डरको न्यूनतम मूल्य करिब १५ हजार पर्ने भने नास्टको प्रविधि प्रयोग भएका सिलिन्डरको करिब १० हजार भन्दा कम मूल्य पर्नेछ ।

परीक्षण अवलोकन गर्न नास्टको ललितपुरस्थित मुख्यालय पुग्नुभएका मन्त्री श्रेष्ठले नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाललगायत टोलीलाई धन्यावाद दिएका थिए ।

सो सिलिन्डर मा ग्यास सिलिन्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दबाब २३५ बार सम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो । नास्टका उपकुलपति डा. श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताए ।

मन्त्रालयका सचिव डा. सञ्जय शर्माले विज्ञान तथा नवप्रवर्तन नीतिलाई कार्यान्वयनमा ल्याउनासाथ प्रविधि क्षेत्रले ठूलो फड्को मार्ने बताए । रासस


कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ : थपलिया

कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ : थपलिया

वि.सं.२०८१ माघ १३ आइतवार ११:०६

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम उद्यमशीलता र साना...

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १७:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका...

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४५

विश्वविद्यालय, शिक्षक र विद्यालयहरु सुधार गर्न राजनीतिक दलहरुको चिन्तन नै...

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल...

आज सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु हुने

आज सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु हुने

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:५३

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम)...

अब हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने 

अब हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने 

वि.सं.२०८१ माघ १० बिहीवार १३:४८

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क...