back

एशियन लाइफद्धारा “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” सार्वजनीक

काठमाडौँ । ग्राहकको रुचिलाई मध्यनजर गरी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, कम्पनीका सञ्चालकहरु सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानांग, अच्यूतराज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंलगायतको उपस्थितिमा कम्पनीको प्रधान कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी यो योजना सार्वजनिक गरिएको हो।

यस योजनाको मुख्य विशेषता परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहज रुपमा व्यवस्थापन गर्ने उद्देश्यले कम्पनीले यो योजना सञ्चालनमा ल्याएको हो।

मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरु जस्तैः दुर्घटना मृत्यु लाभ (एडीबी), स्थायी अपांग÷अशक्त सुविधा (पीटीडी) र बीमाशुल्क छुट सुविधा (पीडब्ल्यूबी) थप गर्न सकिने व्यवस्था रहेको छ।

१८ वर्षदेखि ५३ वर्ष उमेरसम्मको व्यक्तिले सहभागी हुनसक्ने यस योजनाको अवधि २४ वर्षसम्म भए पनि बीमितले सुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ। न्यूनतम वार्षिक बीमाशुल्क २५ हजारदेखि माथि बीमितको आर्थिक अवस्थाका आधारमा जतिसुकै रकमको बीमाशुल्क भुक्तानि गरी बीमा गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीको चुक्ता पुँजी २ अर्बभन्दा माथि रहेको छ। कम्पनीको जीवन बीमा कोष २६ अर्ब ४८ करोडभन्दा बढी रहेको छ। यसका साथै कम्पनीले ४२ वटा शाखा र १०६ वटा उपशाखा मार्फत सेवाग्राहीलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ भने ग्राहक वर्गहरुको चाहनालाई ध्यानमा राख्दै भविष्यमा अन्य बीमा योजनासमेत ल्याउने योजना रहेको छ।

हालसम्म कम्पनीले २३ वटा बीमालेख बिक्रीमा ल्याइसकेको छ।

२०७८ असोज ५ गते प्रकाशित


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

वि.सं.२०८२ जेठ १ बिहीवार १७:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले आठ बुँदे निष्कर्ष...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...