back

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात÷आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढु्ङगामुढा प्रहार गरेका हुन् । भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उनले बताए ।

“भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि ढुङ्गामुढा प्रहार गर्नेहरूको समूहको खोजी गरी कारबाही गर्ने अश्वासन दिएको छ”, उनले भने, “तस्कहरूको भारतीय निकटबर्ती क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौँ ।” घटना राति १०ः३० बजे भएको बताइएको छ ।

२०७८ असोज ५ गते प्रकाशित


आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १४:५८

काठमाडौं ।अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने...

कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपती यादव

कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपती यादव

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:३०

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा...

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:२०

पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको गण्डकी प्राविधिक शिक्षालय...

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:२२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप...

अनलाइन भुक्तानीमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने

अनलाइन भुक्तानीमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:३९

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:०९

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय...