back

फोनपे डाइरेक्टमार्फत कुनैपनि बैंकमा २ लाखसम्म पठाउँदा १० मात्रै सेवा शुल्क लाग्ने

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्दा मात्रै १० रुपैयाँ सेवा सुल्क लाग्ने भएको छ ।

फोनपे डाइरेक्टमार्फत १०० देखि २ लाखको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र १० शुल्क लाग्ने भएको हो। यसअघि रकमको परिणामअनुसार शुल्क लाग्दै आएको थियो।

यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो। फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठूलो माइलस्टोन मिल्ने अपेक्षा गरिएको छ।

फोनपेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एपमा रहेको सेन्ड मनी अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्।

यस्तै फोनपेमा हालसम्म ५ लाखभन्दा बढी मर्चेन्ट रहेका छन्। १ करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत यसले सेवा प्रदान गर्दै आएको छ।

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड ‘पीसीआई डीएसएस भीथ्रि.टु.वान’ प्रमाणीकरण प्राप्त संस्था हो।
२०७८ असोज ५ गते प्रकाशित


आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

वि.सं.२०८२ जेठ १० शनिवार ०६:४४

काठमाडौं । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार...

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

वि.सं.२०८२ जेठ ७ बुधवार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

आज पाचँवटा समितिको बैठक बस्दै

आज पाचँवटा समितिको बैठक बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार १०:२२

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाचँवटा समितिको बैठक...

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

वि.सं.२०८२ जेठ ७ बुधवार १०:१५

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...