back

सङ्खुवासभा हत्याकाण्डः थप छ जना पक्राउ

काठमाडौँ । गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्याकाण्डमा अनुसन्धानका लागि थप ६ जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ  । हत्या आरोपित लोकबहादुर र उनका भाइ नरेशबाहेक अन्य पाँच जनामाथि अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ । अहिलेसम्म प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको आधिकारिक जानकारी कसैलाई दिएको छैन ।

अनुसन्धानका क्रममा रहेकाले अहिले नै सबैको विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ । लोकबहादुरका भाइ नरेशका साथबाट मृतक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो । लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप पाँच जनालाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ ।

घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो ।

रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । मोबाइल स्वीच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो । घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका छन् ।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङ्का भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियो । हत्या आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । उनलाई भदौ २८ गते बिहान मादी–१ स्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको वीभत्स रूपमा सामूहिक हत्या गरेको आरोप छ ।

२०७८ असोज ४ गते प्रकाशित


सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

वि.सं.२०८१ माघ २७ आइतवार १२:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस,...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

वि.सं.२०८१ माघ २७ आइतवार १२:२८

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

वि.सं.२०८१ माघ २७ आइतवार १२:१०

काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानुन...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८१ माघ २७ आइतवार १०:३७

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक...

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

वि.सं.२०८१ माघ २७ आइतवार १०:३२

जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा...

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले...