back

सामलिङ्ग पावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौँ। सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिने रहेको छ । कम्पनीले आयोजना प्रभावित इलामवासीका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले गत भदौ १८ गतेबाट आयोजना प्रभावित इलामवासीका लागि आवेदन खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल निष्कासित कित्तामध्ये आयोजना प्रभावित इलाम जिल्लाभरिका बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं। ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं। ४ र ५ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता निष्कासन गरिएको छ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोबार्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ।

यसैगरी इलाममा रहेका नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंक तथा माइजोगमाईमा रहेको सिभिल बैंकबाट पनि आवेदन दिन सकिनेछ।

यसअघि कम्पनीले गत साउन २२ गतेबाट आयोजना प्रभावित इलामवासीका लागि आईपीओ निष्कासन गर्ने भनेको थियो। तर कोभिड संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञा जारी गरेपछि गत साउन २० गते एक सूचना निकाली अर्को व्यवस्था नभएसम्मका लागि आईपीओ निष्कासन स्थगित गरिएको थियो।

सामलिङ्ग पावरको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासन अनुमति दिएको हो। धितोपत्र बोर्डले यो कम्पनीलाई कुल १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ।

सोहीअनुसार कम्पनीले पहिलो चरणमा स्थानीयका लागि ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। दोस्रो चरणमा सर्वसाधारणका लागि ७ लाख ३० हजार कित्ता आईपीओ जारी गर्नेछ।

कम्पनीको यो आईपीओ चुक्तापुँजीको २४.६० प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ।
२०७८ असोज १ गते प्रकाशित


विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०८२ असार ५ बिहीवार २०:३२

काठमाडाैं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...