back

कामपालाई कर उठाउन सकस, घरघरमा नाचगान गर्दै हिड्दा पनि ७ प्रतिशत मात्रै उठ्यो

काठमाडौँ । काठमाडौं महानगरपालिकालाई कर उठाउन हम्मेहम्मे परेको छ । निकै तामझामका साथ बाजा बजाएर कर संकलन गर्न थालेको भएपनि महानगरले कर उठाउन नसकेको हो । यता व्यावसायीहरु कोभिडको कारण बन्द व्यावसायबाट कर तिर्न नसकेको बताउँछन् भने अर्काेतर्फ महानगरले राजनीतिक नेतृत्व र ठूलाबडाको दबाब थेग्न गाह्रो परेको जनाएको छ ।

महानगरले सुरुमा करिब ७० सरकारी र अन्य निकायलाई कर तिर्न पत्रचार गरेको थियो । पत्र बुझेर पनि कर तिर्न अटेर गरेपछि लामोसमयदेखि कर तिर्न अटेर गरेका करदातालाई ३० दिनभित्र कर तिर्न आग्रह गरेको थियो । त्यत्तिमात्रै नभई करदाताको कार्यालयमै पुगेर माइकिङ समेत गरेको थियो । माइकिङ गर्दा पनि केही उपाय नलागेपछि बाजाजागासहित कर तिर्न आग्रह गरेको थियो ।

कामनपा राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले सकेसम्म प्रयास गर्दा पनि हालसम्म झन्डै ५ करोड रुपियाँ मात्र असुली भएको जनाएको छ । उनका अनुसार ती निकायसँग करिब ६० करोड रुपियाँ कर असुल्न बाँकी रहेको बताए ।

उनले एक महिनाको म्याद सकिँदा समेत कर उठाउन सफल नभएको जानकारी दिँदै भने– ‘कसैले लकडाउनका कारण समस्या परेको त कसैले आफू सरकारी निकाय भएको भन्दै कर नतिर्ने अडान राखेका छन् । कतिपयले समाजिक संघ–संस्थाले कर तिर्न नपर्ने अडान राखेका छन् ।’

कामपा राजस्व विभागको तथ्यांकअनुसार करिब ७० करदातामध्ये १८ करदाताले मात्र कर तिरेका छन् । तीमध्ये ८ करदाताले पूरै कर चुक्ता गरेका छन् भने बाँकी १० ले आंशिक कर मात्र बुझाएका छन् ।

करचुक्ता गर्ने संस्थाहरूमा जिगमीसिग्मी पर्वल विष्ट, राजेन्द्रकुमार कावरा, शहीद मेमोरियल अस्पताल, होटल मस्याङ्दी, बुद्धमल, केशा पोपर्टिज, सुरज आर्किड र वैशाली होटल छन् ।

आंशिक कर तिर्नेमा एनआरटी क्लब, युनाइटेड वल्र्ड ट्रेड सेन्टर, काठमाडौं इन्जिनियरिङ कलेज, नेसनल हस्पिटल, एलआरआई स्कुल, जनमैत्री अस्पताल, प्रवीणबहादुर केसी स्टारमल र केजे पोपर्टिज प्रालि रहेका छन् । आंशिक करचुक्ता गर्नेमा स्वास्थ्य राज्यमन्त्री सञ्चालक रहेको जनमैत्री अस्पतालसमेत रहेको छ ।

सरकारी स्वमित्वमा रहेका निकायले भने अझै कतिपनि कर तिरेका छैनन् । ७० मध्ये झन्डै ३५ करदाता सरकारी र अर्धसरकारी रहेको विभागले जनाएको छ ।

राजस्व विभाग प्रमुख डा. अधिकारीले अन्य करदातालाई कर तिर्न प्रोत्साहन गरिरहेको जानकारी दिँदै अटेर गरेमा स्थानीय सरकार सञ्चालन ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउने बताए ।

उनका अनुसार गुठी संस्थानले भाडामा दिएको पुतलीसडकको शेयर मार्केट, खिचापोखरीको आरबी कम्प्लेक्स, खाद्य संस्थान, नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा, राष्ट्रिय नाचघर, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण र नेसनल ट्रेडिङ कम्पनी सरकारी स्वामित्व रहेका करदाता हुन् । ती सरकारी निकायले वर्षौंदेखि कर तिर्ने विषयमा कुनै चासो देखाएका छैन । पटक–पटक ताकेता गर्दा पनि कर तिर्न अटेर गरेपछि महानगरपालिकाले सूचना जारी गरेको थियो । संविधानको अनुसूची ८ ले स्थानीय करअन्तर्गत सम्पत्ति कर, घरवहाल कर, जग्गा रजिस्ट्रेसन र सवारी रजिस्ट्रेसनजस्ता कर संकलन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।

कामनपाले करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट कर असुल गरिने चेतावनी दिए तापनि राजनीतिकलगायत विभिन्न शक्ति केन्द्रको दबाब आउन थालेपछि कारबाही गर्ने आँट गरेको छैन ।

२०७८ भदौ ३१ गते प्रकाशित


सरकारको दुई महिनाको बजेट खर्च: झण्डै १२ प्रतिशत राजस्व उठ्दा कुन शिर्षकमा कति खर्च भयो?

सरकारको दुई महिनाको बजेट खर्च: झण्डै १२ प्रतिशत राजस्व उठ्दा कुन शिर्षकमा कति खर्च भयो?

वि.सं.२०८१ असोज १ मंगलवार २१:०६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा...

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:४३

काठमाडौं ।अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी...

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२७

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का...

नेपाल र जापानका कम्पनीबीच सम्झौताः वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ

नेपाल र जापानका कम्पनीबीच सम्झौताः वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ

वि.सं.२०८१ भदौ २७ बिहीवार १४:२२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले...

‘कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरुलाई थाहा छ’, अर्थमन्त्री पाैडेल

‘कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरुलाई थाहा छ’, अर्थमन्त्री पाैडेल

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:३७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा...

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने, कुन सामानमा कति छुट पाइन्छ ?

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने, कुन सामानमा कति छुट पाइन्छ ?

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:२५

काठमाडौँ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७...