back

राष्ट्रिय वाणिज्य बैक, राष्ट्रिय युवा परिषद् र चैनपुर न.पा.का युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम दिने

काठमाडौँ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका(संखुवासभा जिल्ला) बीच मंगलबार काठमाडौंमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका छन्।

सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम संचालन गर्नेछ । साथै, तालिम प्राप्त उद्यमीहरुलाई आवश्यकता अनुसार बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ ।

कार्यक्रममा परिषद्का प्रशासकिय प्रमुख डा. बाबुराम ढुङ्गाना, बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु राज्य लक्ष्मी खड्गी, सरोज वस्नेत, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

२०७८ भदौ ३० गते प्रकाशित


रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

वि.सं.२०८१ माघ २४ बिहीवार १७:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले...

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

वि.सं.२०८१ माघ २४ बिहीवार १७:४३

हेटौँडा । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको...

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

वि.सं.२०८१ माघ २४ बिहीवार १७:३०

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली...

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

वि.सं.२०८१ माघ २४ बिहीवार १७:२०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष...

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

वि.सं.२०८१ माघ २४ बिहीवार १७:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा...

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

वि.सं.२०८१ माघ २४ बिहीवार १६:५६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल...