back

असोज पहिलो साताबाट दसैँतिहारका लागि हवाई टिकटको अग्रिम बुकिङ खुला गरिने

काठमाडौँ। दसैँतिहार तथा छठका लागि वायु सेवा कम्पनीहरुले असोजको पहिलो साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन्।

यात्रुको चापका आधारमा वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो। यद्यपि सरकारका तर्फबाट हालसम्म आधिकारिक धारणा आइनसकेको संघले जनाएको छ। यसबारे यो साताभित्रै निर्णय हुने संघको भनाइ छ।

त्यसो त वर्षाका कारण बाढीपहिरो स्थलमार्ग ठाउँठाउँमा अवरोध हुँदा अहिले नै हवाई यात्रुको चाप बढी रहेको छ। यही कारण यसपटकको दसैँतिहारमा हवाई यात्रुको उच्च चाप पर्ने देखिएको छ।

हाल आन्तरिक उडानतर्फ १३ कम्पनीका ४८ उडानमार्फत दैनिक डेढ सय माथिको नियमित उडान हुँदै आएको छ। यसमा थप चार्टर उडानका लागि हेली सेवासमेत सञ्चालनमा रहेको छ।

पछिल्लो समय उडान संख्या र जहाजसमेत थपिएकाले दसैंको अवधिमा टिकट नपाउने समस्या खासै बुद्ध एयरले जनाएको छ।

हाल बुद्ध एयरले दैनिक एकतर्फी ७० उडान भर्दै आएको छ। बुद्ध एयरले काठमाण्डौ र पोखराबाट देशका विभिन्न गन्तव्य भरतपुर, भैरहवा, नेपालगन्ज, सिमरा, तुम्लिङटार, जनकपुर, विराटनगरलगायत स्थानमा उडान भर्दै आएको छ।

श्री एयरलाइन्सले भद्रपुर भैरहवा, विराटनगर, धनगढी, राजविराज जनकपुर, पोखरा लगायत स्थानमा उडान भर्दै आएको छ। कोभिड महामारीको जोखिम कायमै रहेकाले यात्रुको संख्या सम्बन्धमा अनुमान गर्न नसकिने र दसैँतिहारका लागि छुट्टै अग्रिम बुकिङ खुला नगरिने कम्पनीले जनाएको छ।

दसैँमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्न सक्ने संघले जनाएको छ। सोहीअनुसार वायुसेवा कम्पनीहरुले तयारी गरिरहेको संघको भनाइ छ।

२०७८ भदौ ३० गते प्रकाशित


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

वि.सं.२०८१ माघ २८ सोमवार १४:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...