back

बागलुङ कालिका मन्दिर आजदेखि खुलाइने

बागलुङ । बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ ।

आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा हल, ब्युटीपार्लर तथा जिम हल लगायतका क्षेत्र स्वास्थ्य मापदण्ड पु¥याएर खुल्न दिने र शैक्षिक संस्था पालिकाको समन्वयमा खुलाउन सकिने निर्णय भएको जानकारी दिए ।

पार्टी प्यालेस, सिनेमामा भने न्यून सङ्ख्या सहभागी हुन आग्रह गरिएको छ । यस्तै पालिकाको शिक्षा शाखाको समन्वयमा न्यून सङ्क्रमण भएको पालिकाले जिल्ला प्रशासनको अनुमतिमा विद्यालय खुलाउन सकिने छ । यसका लागि न्यूनतम स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको प्रजिअ कार्कीले जानकारी दिए ।

्स्वास्थ्य मापदण्ड अपनाएर प्रशासनको निर्देशन अनुसार कालिका मन्दिर छ महिना पछि खुला हुने भएको हो । जिल्लामा धार्मिक पर्यटक भित्र्याउन मन्दिरले टेवा पु¥याउँदै आएका थियो । मन्दिरमा सामाजिक दूरी कायम गरी दर्शनार्थीलाई प्रवेशको व्यवस्था मिलाइने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।

२०७८ भदौ २८ गते प्रकाशित


देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

वि.सं.२०८१ माघ २८ सोमवार १४:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...

हिम्मत भए संसद भवन भत्काएर देखाऊ : बालेनलाई सांसद सिंहको चुनौती

हिम्मत भए संसद भवन भत्काएर देखाऊ : बालेनलाई सांसद सिंहको चुनौती

वि.सं.२०८१ माघ २८ सोमवार १४:२४

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन...