back

छ्याङ्दीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिदै, असोज पहिलो सातादेखि नै उत्पादन सुरु

काठमाडौँ । लमजुङमा आगामी असोज पहिलो सातादेखि चार मेगावाट बिजुली थप हुने भएको छ । दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा माथिल्लो छ्याङ्दीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएसँगै राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले उत्पादन परीक्षण भइसकेकाले असोज पहिलो सातादेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने बतएका हुन् । उनले भने, “असोज पहिलो सातादेखि नै बिजुली उत्पादन हुन्छ ।”

विसं २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम थालिएको थियो । यद्यपी कोरोना सङ्क्रमणका कारण आयोजना एक वर्ष ढिला सकिएसँगै विजुली उत्पादन सुरु भएको हो ।

प्रबद्र्धक कम्पनी छ्याङ्दी हाइड्रोपावरले ८० करोड ३५ लाखको लागतमा बिजुली उत्पादन भएको जनाएको छ । सो आयोजनामा बैंक अफ काठमाडौँ र कुमारी बैंकको ७५ प्रतिशत ऋण रहेको छ । आयोजनाको बाँधस्थलबाट सर्जट्याङसम्म दुई हजार ८७४ मिटर हेडरेस र सर्जट्याङबाट एक हजार ३५६ मिटर पेनस्टक पाइपबाट विद्युत् गृहमा पानी फालिएको छ । यहाँबाट उत्पादित बिजुली उदिपुर सवस्टेशनमा जोडिने छ ।

आयोजनाले २०७४ असार २२ गते नेपाल विद्युत् प्राधिकरणसँग पिपिए सम्झौता गरेको थियो । सो सम्झौता अनुसार बर्खायाममा प्रतियुनिट मूल्य चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा तोकिएको छ ।

२०७८ भदौ २८ गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

वि.सं.२०८२ वैशाख १० बुधवार १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी...