अपिको लाभांश तथा हकप्रद प्रस्ताव पारित

वि.सं.२०७८ भदौ २७ आइतवार

काठमाडौँ । अपी पावर कम्पनीको यो वर्षका लािग लाभांश पारित भएको छ। कम्पनीको भदौ २५ गते बसेको १८ औं बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको १०.५ प्रतिशत बोनस सेयर पारित गरेको हो।
त्यस्तै कम्पनीको सोहि बार्षिक साधारणसभाले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले हकप्रद बिक्रि गर्ने प्रस्ताव समेत गरेको छ।
यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ।
हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केहि मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ। अपिले पहिल्यै ४ मेगावाटको चन्द्रपुर सोलार परियोजना संचालनमा ल्याईसकेको छ।
अपिले थप ६२.५ मेगावाट बराबरको परियोजना आगामी बर्ष निर्माण सम्पन्नको तयारीमा छ। यसबाट कम्पनीले थप आम्दानी जुटाउन सक्ने कम्पनीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
२०७८ भदौ २७ गते प्रकाशित

प्रकाशित समय : ११:४१ बजे