back

पाँच लाखसम्मको बिजुली बिल खल्ती मोबाइल वालेटबाट सजिलै तिर्न सकिने

काठमाडौं । विगत ४ वर्ष भन्दा बढि समयदेखि निरन्तर रुपमा डिजिटल भुक्तानी सम्बन्धि सेवा प्रदान गर्दै आईरहेको खल्ती वालेट ले सर्वसाधारण, साना, मझौला तथा ठुला उद्योगहरुलाई ५ लाख सम्मको विद्युत महसुल खल्तीबाट तिर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक, मनोज सिलवाल र खल्ती डिजिटल वालेटका प्रबन्धक, जोनाम भुर्तेल बीच हस्ताक्षर भएको थियो ।

खल्ती एप को होमपेजमा रहेको ‘इलेक्ट्रिसिटी’ आइकन मा गई सम्पूर्ण विवरण दाखिला गरिसकेपछि ‘गेट डिटेल्स’ बटन मा ट्याप गरी बिहान १० देखि मध्यरात १२ बजे सम्म सजिलै विद्युत महसुल भुक्तानी गर्न सकिन्छ ।

विद्युत प्राधिकरण सँगको उक्त सहकार्यले विद्युत महशुल तिर्न काउन्टर धाईरहनु पर्ने झन्झटलाई न्युनीकरण गर्न तथा खल्तीको आधुनिक सुविधाद्वारा सेवाग्राहीको समय बचत गर्न थप योगदान पुर्याउने विश्वास रहेको खल्ती डिजिटल वालेटका प्रबन्धक, जोनाम भुर्तेलले बताए ।

खल्ती डिजिटल वालेट

२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

२०७८ भदौ २६ गते प्रकाशित


मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:४२

काठमाडौँ । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय...

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:३७

काठमाडौं । एक वर्षमा सैनिक कल्याणकारी कोषको नगद मौज्दात ४...

परिवर्तन गर्न यो सरकार बनेको हो, निजी क्षेत्रले आशा भरोसा गर्नैपर्छ : प्रधानमन्त्री ओली

परिवर्तन गर्न यो सरकार बनेको हो, निजी क्षेत्रले आशा भरोसा गर्नैपर्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि...

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:२७

काठमाडौ । कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा ५७...

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ , अर्थमन्त्री पौडेल

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ , अर्थमन्त्री पौडेल

वि.सं.२०८१ साउन ३ बिहीवार १४:३८

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका...

तलब, भत्तालगायत अनिवार्य दायित्वका खर्च शीर्षकबाट अन्यत्र रकमान्तर गर्न नपाइने

तलब, भत्तालगायत अनिवार्य दायित्वका खर्च शीर्षकबाट अन्यत्र रकमान्तर गर्न नपाइने

वि.सं.२०८१ साउन ३ बिहीवार ११:५४

काठमाडौँ । अर्थ मन्त्रालयको सहमति विना तलब पारिश्रमिक, स्थानीय भत्ता,...