सानिमा इक्विटी र लार्ज क्याप फन्डको बुक क्लोजको मिति तय
वि.सं.२०७८ भदौ २३ बुधवार
काठमाडौँ। सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको आर्थिक वर्ष २०७७–७८ को प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय भएको छ ।
योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको प्रतिफल वितरणका लागि आउँदो असोज १ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ ३१ गतेसम्म कायम इकाइधनीले यी दुई योजनाको घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
गत आर्थिक वर्षको मुनाफाबाट सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डका इकाइधनीहरुलाई क्रमशः ३३ प्रतिशत र ४ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ।
२०७८ भदौ २३ गते प्रकाशित
प्रकाशित समय : १४:२३ बजे